काठमाडौं- स्वास्थ्य बीमा बोर्डका निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल पूरा भएको छ। कात्तिक २५ गते उनको कार्यावधि पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो।
बोर्डका अध्यक्ष डा गुणराज लोहनीले दुई महिनाअघि नै राजिनामा दिएका थिए। बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था सोमबारसम्म गरिसकेको छैन।
बोर्डमा यसरी नेतृत्व खाली रहँदा मन्त्रालय अन्तर्गतकै कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने प्रचलन रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमालाई केन्द्रमा काम गरिरहेको बताएका छन्। उनले स्वास्थ्य बीमालाई पाँच लाख पुर्यापउने तयारी गरिएको बताउँदै आएका छन्।