मुम्बइ- बरुण धवन र सामन्था रुथप्रभु केन्द्रीय भूमिकामा रहेको 'सिरिज सिटाडोल: हनी बनी' अमेजन प्राइममा रिलिज भएको छ। यही फिल्मको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको उनले बताएकी छिन्। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएको उल्लेख गरिन्। 'यदि सिरिज निर्माणकर्ताले हौसला नदिँदा हुन् त म क्यामेरामा फर्किन निकै समय लाग्थ्यो,' उनले भनिन् । एक समय त आफू सिरिज नै हाप्ने सोचमा पुगेको समेत उनले उल्लेख गरिन्।
सन् २०२२ मा सुटिङ भइरहँदा उनले उक्त रोगसँग आफू संघर्ष गरिरहेको बताएकी थिइन्। यो एकप्रकारको अटोइम्युन डिजिज हो। जसमा मांसपेशिहरु सुन्निन्छन्। म्रो प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ मांसपेशीलाई आक्रमण गर्दा हुन्छ । यसले मांसपेशीहरूमा कमजोरी, दुखाइ र सुनिने समस्या निम्त्याउँछ।
यो समस्या १० लाखमा एक जनामा हुने बताइएको छ। मायोसाइटिस विभिन्न प्रकारका हुन्छन्। एउटा डर्माटोमायोसाइटिस हो । जसमा छाला र मांसपेशी दुवै कमजोर हुने तथा सुनिने हुन्छ। अर्को पोलिमायोसाइटिस हव । जयसमा मांसपेशीमा मात्र सुनिन्छ, विशे गरी कम्मर, तिघ्रा, काँध र घाँटीको मांसपेशी सुनिन्छ। अर्को समानान्तर मायोसाइटिस (आईबीएम) हो । यसमा मांसपेशी सुनिनुका साथै कमजोरी बढ्दै जान्छ।
यसका लक्षणहरुमा मांसपेशी कमजोरी सबैभन्दा सामान्य लक्षण हो। त्यसपछि मांसपेशीहरूमा दुखाइ र सुन्निने हुन सक्छ, जसले हिँड्न गाह्रो बनाउँछ।
सामान्य भन्दा बढी थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र कहिलेकाहिँ फोक्सोको मांसपेशी पनि सुन्निने हुन्छ। जसका कारण सास फेर्न गाह्रो हुन्छ ।