मधेस प्रदेशका विभिन्न अस्पतालको भ्रमणको क्रममा महशुस गरेको आफ्नो अनुभव राख्न चाहन्छु। यी भ्रमणहरूमा मैले देखे कि धेरै अस्पतालहरूसँग पर्याप्त बजेट भएपनि तिनीहरू अझै पनि अस्पतालजन्य फोहरमैला (बायोमेडिकल वेस्ट)को उचित व्यवस्थापन गर्न संघर्ष गरिरहेका छन्।
अस्पतालहरू, संवेदनशील वातावरण भएकोले जहाँ संक्रमण सजिलै सर्न सक्छ, जहाँ स्वास्थ्यकर्मीहरूको उल्लेखनीय संख्या छ। यद्यपि, मैले उचित फोहोर व्यवस्थापनको महत्त्वलाई अक्सर बेवास्ता गरेको पाएँ। धेरैजसो सुविधाहरूमा फोहोर विभाजनको लागि आवश्यक रंग-कोड गरिएको डिब्बाको अभाव थियो र धेरै कर्मचारीहरूलाई उचित फोहोर व्यवस्थापन प्रक्रियाहरूमा पर्याप्त तालिम दिइएको थिएन। यो बेवास्ताले अस्पतालका कर्मचारीलाई मात्र होइन, बिरामी र वरपरका समुदायलाई पनि गम्भीर जोखिम निम्त्याउँछ।
हामी सबैलाई थाहा छ, फोहोर व्यवस्थापन हाम्रो देशको मात्र नभई विश्वको प्रमुख समस्या हो, तर फोहोरको उचित व्यवस्थापन गर्नु धेरै महत्त्वपूर्ण छ। किनकि यसले धेरै रोग र समस्याहरू निम्त्याउन सक्छन्। हामी यो समस्याको अन्त्य गर्न सक्दैनौं तर समाधान गरेर यसलाई न्यून गर्न सक्छौं।
यो अस्पतालहरूले सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्न प्रभावकारी बायोमेडिकल फोहोर व्यवस्थापन प्रणालीको कार्यान्वयनलाई प्राथमिकता दिन हुन महत्वपूर्ण देखिन्छ।
मलाई लाग्छ अस्पतालहरूले बायोमेडिकल फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ, किनकि यो बिरामी र स्वास्थ्य सेवा प्रदायकहरू दुवैका लागि संक्रमणको महत्त्वपूर्ण स्रोत हुन सक्छ।
स्वास्थ्यजन्य फोहरमैला (बायोमेडिकल वेस्ट) के हो ?
अस्पतालजन्य फोहरमैला भन्नाले स्वास्थ्य सेवाका क्रममा उत्पादन हुने सबै प्रकारको फोहोरहरुलाई बुझिन्छ। चिकित्सकीय कार्यमा रोग पत्ता लगाउन, निदान गर्न, बिरामीको स्वस्थ जीवनयापनमा सहज बनाउनका लागि गरिने उपचार तथा उक्त विषयमा अध्ययन, अनुसन्धान, उत्पादन वा जैविक वस्तुहरुको परीक्षण जस्ता विषय पर्दछन्। यसका लागि गरिने प्रशासनिक तथा अन्य क्रियाकलापका क्रममा उत्पादन हुने फोहोर पनि स्वास्थ्यजन्य फोहोरमैला अन्तर्गत पर्दछ। नेपालमा स्वास्थ्य संस्थाजन्य फोहर उत्पादन ०.९९ केजी देखि १.७३ केजी प्रतिबेड प्रतिदिन हुने गरेको देखिन्छ।
अस्पतालजन्य फोहोरको स्वास्थ्य प्रभाव के हो ?
पारा, जाइलिन र फर्मालिन जस्ता विषाक्त रसायनको सम्पर्कले स्वास्थ्यकर्मी र सम्पर्कमा रहेका बिरामीलाई रासायनिक हानी पुऱ्याउन सक्छ।
अनुपयुक्त डिस्पोजल र राम्ररी डिजाइन नगरिएको ल्यान्डफिलले पानी दूषित हुन्छ र विषाक्त फोहोरको जोखिम हुन्छ। खुला फोहोर डम्पिङको परिणामले फोहोरको थुप्रो जम्मा हुन्छ, जसले कीराहरूलाई आकर्षित गर्छ र वर्षाको समयमा कीराहरूको प्रजनन क्षेत्र र संक्रामक रोग फैलाउने भेक्टरहरूको स्रोत बन्न सक्छ।
किन उचित फोहोर व्यवस्थापन असफल हुन्छ ?
- फोहोरमैला व्यवस्थापन गर्न दक्ष ज्ञान र अभ्यास चाहिन्छ, जुन जनशक्ति हाम्रो अस्पतालमा अभाव छ।
- कानूनहरू उपलब्ध र कार्यान्वयन भएपनि उचित फोहोर व्यवस्थापनमा असफलता कायमै छ।
- स्वास्थ्य हेरविचार फोहोरसँग सम्बन्धित स्वास्थ्य जोखिम को जागरूकता को कमी।
- उचित फोहोर विसर्जन सम्बन्धी तालिमको अभाव ।
- उपलब्ध निर्मित फोहोर विसर्जन प्रणालीको अभाव ।
- अनुचित फोहोर विसर्जनको हानिकारक प्रभाव थाहा पाउँदा पनि कम प्राथमिकता स्तर ।
- फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न कोष र स्रोतको अभाव ।
उचित फोहोर व्यवस्थापन गर्न के गर्न सकिन्छ ?
फोहर न्यूनिकरण : यो कुनै पनि प्रकारको प्रयास वा कार्य वा प्रक्रिया हो, फलस्वरुप फोहरको तुलनात्मक रूपमा कम उत्पादन हुन्छ।
फोहर न्यूनीकरणका उपायहरु
- फोहरको पृथकीकरण
- फोहर सङ्कलन : उचित कलर कोड भाडा प्रयोग गर्ने ।
- ठूला स्वास्थ्य संस्थाहरुमा फोहर जम्मा गर्ने अन्तरिम भण्डारण कक्ष हुनु पर्दछ ।
- फोहरको भण्डारण: उपचार गरी अन्यत्र लानुपूर्व फोहरको डङ्गुर थुप्रन नदिन त्यसलाई जम्मा गर्ने र स्वास्थ्य संस्थाभित्रै रहेको फोहरको केन्द्रीय भण्डारणमा स्थानान्तरण गर्ने गर्नुपर्दछ।
- संक्रामक फोहोरका लागि उपचार वा विसर्जन गर्नुपूर्व यसरी भण्डारण गर्ने अधिकतम अवधि जाडो याममा ४८ घण्टा र गर्मीमा २४ घण्टा।
- फोहोर भण्डारण स्थल स्वास्थ्य संस्था परिसरभित्रै हुनुपर्दछ।
- उत्पादन हुने फोहरको मात्रा अनुसार भण्डारण सुविधाको क्षेत्र हुनुपर्दछ ।
- विभिन्न प्रकारका फोहरहरू अलग–अलग भण्डारण गरी उचित रूपमा लेबल गर्नुपर्छ ।
- भण्डारण गरिएको फोहर, प्रशोधन र विसर्जन मितिको अभिलेख राख्नुपर्छ ।
- फोहरको ढुवानी
- समय: दैनिक वा आवश्यकता अनुसार फोहर संकलन गर्नुपर्छ ।
- लेबलिङ: फोहरको भाँडो वा ब्यागलाई लेबलिङ्ग नगरिकन निर्धारित स्थलबाट (अस्पताल, वार्ड वा विभाग) अन्यत्र सार्नु हुँदैन ।
- नयाँ भाँडा: भाँडा हटाउनुपर्दा त्यही प्रकारको नयाँ भाँडा सो स्थानमै तुरुन्तै राखिएको हुनुपर्छ ।
जगेडा भाँडा वा ब्यागहरू: उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।
फोहोर ढुवानी दुई प्रक्रियाबाट गर्न सकिन्छ ।
क. संस्था परिसरभित्रको ढुवानी
ख. संस्था परिसरबाहिर ढुवानी
यो मधेस प्रदेश मात्र नभई नेपालभरको अस्पतालको समस्या हो । मैले मधेश प्रदेशलाई हाइलाइट गरेको छु किनकि यो अन्य प्रदेशको तुलनामा सबैभन्दा सानो प्रदेश हो जहाँ सबैभन्दा कम साक्षरता दर छ र सघन जनसंख्या भएको प्रदेश हो।
अन्यथा नेपालका सबै अस्पतालको अवस्था सरकारी होस् या निजी अस्पतालमा फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन।
अनुचित फोहोर व्यवस्थापन संक्रमणको प्रमुख कारण हुन सक्छ। फोहोर पृथकीकरण र सङ्कलनका लागि उपयुक्त ठाउँको अभाव देखिएको छ।
तसर्थ यो विश्वव्यापी फोहोर व्यवस्थापनमा समस्यामा ध्यान दिन सम्बन्धित निकायलाई अनुरोध गर्दछु।