नेपाली साँस्कृतिक पर्व हरुको महत्वपुर्ण पर्वका रुपमा हरितालिका तीज नेपाली महिलाहरुको महान पर्वको रुपमा मानिने चाड हो। हिन्दु धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन। पिता हिमालयले पार्वतीको इच्छा बिपरित विष्णुसँग बिवाह गरिदिन खोजेपछी उनले आफ्नो समस्यालाई संगीहरुसँग सुनाई आफूले शिवबाहेक अरुसँग बिबाह नगर्ने अठोट गरेको बिस्तारपछि पार्वतीका साथीहरुले उनलाई हरण गरेर कसैले नदेख्ने ठाँउमा लुकाएर राखिदिए। लुकेर बसेकै ठाँउबाट पार्वतीले निराहार ब्रत बसी महादेवलाई प्राप्त गरेको कुरा विभिन्न धर्म ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरेको पाइन्छ। पार्वती साथीहरुसँग हरण भएको दिन भाद्र शुक्ल तृतियाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको ब्रत लिने प्रचलन सुरु भएको मान्यता छ। हरितालिका तीजको मौलिकता र वास्तविकतालाई नियालेर हेर्ने हो भने भाद्र शुक्ल द्धितियका दिन दर खाएपछि औपचारीक रुपमा तीज शुरु हुने र भाद्र शुक्ल पञ्चमीको दिन सम्म मनाइन्छ।
तृतियाका दिन हरितालिका व्रत चौथिका दिन गणेशको पुजा र पञ्चमीको दिन स्ननागरी दत्तीवल खाई अरुण्धतीसहित सप्तर्षिको पुजागरी तीज समापन हुने प्रचलन र वास्तविकता मानिन्थ्यो। माइतीले चेलिबेटीलाई बोलाएर द्धितियाका दिन दर खुवाउने परम्परामा थियो। तीजको व्रत स्वास्थ्यको ख्याल गर्दै निराहार बस्ने प्रचलनले बर्तालुले मिठामिठा र आडिला परिकार दरका रुपमा खाने र विशेष गरी माइती घर वा मावलिघरका आफन्त हरुले आफ्ना चेलिबेटीहरुलाई बोलाएर दर खुवाउने परम्पराको वास्तविकता थियो र यसमा तीजको मौलिकता पाइन्थ्यो। महिलाले वर्षदिन सम्म आफूलाई परेका दुःख पिर र मर्कालाई तीजको गितको लयमा बेदना पोख्ने, तीजका अबसरमा गितका माध्याम बाट पिरमर्कालाई सार्बजनिक गर्ने जन्मघर बाट कर्मघर गई बस्दा पाएका दुःख पिर मर्का लाई गितको लयमा बताउने वास्तविक प्रचलन थियो। तीजका गितमा नेपाली लोकसाँस्कृतिक झल्काउने संस्कृति जोगाउने र संस्कृतिको जगेर्ना गर्ने भाका गाईन्थ्यो। र यहि वास्तविकतामा हरितालिका तीजको मौलिकता पाइन्थ्यो।
तर अहिले पछिल्लो समयमा आएर तीज मनाउने तरिकाले फरक मोड लिएको पाइएको छ। पछिल्ला वर्षहरुमा तीजका नाममा तडकभडक बढ्दै गएको देखीन्छ। साउने संक्रान्तिदेखि नै तीजको दरखाने अभियान सुरु गरी गरगहना एबं पोषाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई बिकृतिको रुपमा नलैजाला भन्न सकिन्न। पछिल्लो समयको फेसन देखाउने खालको तीजको दरखाने र गरगहना प्रदर्शन ,पोशाक प्रदर्शन गर्ने र आप्mनो औकात नहेरी छिमेकीको देखासिकी गरी तीज मनाउन लाग्दा एकातिर साँस्कृतिक पर्वको मौकिता हराउने र अर्को तर्फ अबस्था कमजोर भएका हरुलाई रहरको र देखासिकीको दरले पारिबारीक जिबनमा समस्या निम्त्याउने कुरामा कुनै दुईमत छैन। अर्काको लहलहैमा उसले गर्यो म किन नगर्ने भन्ने सोचाईले र तीजको मौलिकता र वास्तविकतालाई बिर्सीनाले तीजको दरखाने चलन र तीज मनाउने चलन अहिले निकै फरक र मौलिकता बिपरित देखीन थालेको छ। विभिन्न समाचारका माध्यामहरुले ल्याएका समाचार र प्रदर्शन गरेका फोटो फिचरहरु देख्दा तीजमा लगाउने रातो सारी नेपाली मौलिकता झल्कीने पोशाक हिन्दु नारीहरुको श्रीमानहरुको दीर्घायुको कामनाको प्रतिकको रुपमा मानीने नारीहरुले प्रयोग गर्ने शिन्दुर, टिका,पोतेलाई ओझेल पार्दै उत्ताउला खालका पश्चिमेली संस्कृति झल्काउने पोशाक लगाउने, फरक रंगका पोशाक र महन्गा खालका गरगहना लगाउने र फरक खालका डिस्को गितहरुमा नाच्ने र घरयासी उत्पादित खाना र तीजको मौलिकता झल्कने खाना खानुको सट्टा बजारीया होटलका खाध्य परिकारको प्रयोगले एकातर्फ तीजको मैेलिकता हराएको आभाष गराएको छ भने अर्को तर्फ स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने देखिन्छ।
त्यसैले हरेक साँस्कृतिक पर्वलाई साँस्कृतिक पर्वको मौलिकता झल्कने र पर्वको वास्तविक अर्थ बुझेर पर्व मनाऔं। घाँटी हेरेर हाड निलौ, एक सालको पर्व मनाइले परिवारका सदस्यको टाउकोमा आर्थिक भार नथुपराऔं। छीमेकीको देखासिकी होईन आफ्नो औकात अनुसार पर्व मनाऔं। छिमेकिले के भन्ला भनेर वा उसले गर्यो म किन नगर्ने भनेर आफ्नो अवस्था नहेरी कुनैपनी पर्व नमनाऔं। साँस्कृतिक पर्व मनाउँदा वास्तविकता के हो बुझी पर्वको मौलिकता झल्कने गरी मनाऔं। र ब्रत बस्दा निराहार बस्ने भनेर स्वास्थ्यको ख्याल नगरी नबसौं। आफ्नो शरीरको अवस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्वको मौलिकता झल्कने गरेर ब्रत बसौं।