धनगढी– सुदूरपश्चिम प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह नेतृत्वको सरकारमा मेघराज खड्का सामाजिक विकास मन्त्री नियूक्त भएका छन्। उनलाई सोमबार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियूक्त गरेका हुन्।
२०२२ असोज १०गते जन्मिएका खडकाले विद्यार्थी कालबाटै राजनीतिक यात्रा सुरु गरेका थिए। खडकाले शिक्षण पेशा हुँदै विभिन्न संस्थाको जिम्मेवारी पनि सम्हालेका छन्।
२०३९ मंसिर देखि २०४० कार्तिकसम्म करिव १० वर्ष उनी शिक्षण पेशामा संलग्न थिए।
२०५४ साल देखि २०५९ साल सम्म अछामको जिल्ला विकास समिति (जिविस)सदस्यबनेका खडका (२०५८–२०७१) साल सम्म ग्रामिण परिर्वतनका लागि नविन समाज संस्थाको अध्यक्ष, विभिन्न धार्मिक तथा सामाजिक संस्थामा सल्लाहकार सदस्य, त्रिपुरासुन्दरी क्याम्पस व्यवस्थापन समितिको संस्थापक सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्।
अछामको चौरपाटी –५ लुंग्रामा जन्मिएका खडकाले २०३६ सालको जनमत संग्रह पछि माध्यामिक तहमा पढदा वहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा संलग्नता, २०३७ मा नेविसंघको सदस्य,२०४१ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति, २०४२ फागुन पछि स्ववियु सभापति,निर्दलीय पञ्चायत विरुद्ध नेपाली काँग्रेसद्धारा संञ्चालीत २०४२ सालको सत्याग्रहमा ४ महिनाभन्दा बढी कारागारमा नजरबन्द व्यहोर्नु परेको थियो।
२०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछाम प्रहरी हिरासतमा १६ दिन बिताए। विद्यार्थी राजनीतिमा सक्रिय हुँदा कैलालीमा ४ पटक हिरासतमा,२०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागिता,२०४८ सालजि.का.स सदस्य, पार्टीको ९औ महाधिवेशन देखि १४ औ महाधिवेशन सम्मनिरन्तर महासमिति सदस्य २०५४ सालमा जि.वि.स.सदस्य २०६३ देखि २०६७ सम्म नेपालीकांग्रेस अछाम जिल्ला पार्टी सभापति १४औ महाधिवेशनमा ने.का. सु.प.प्रदेश महामन्त्री २०७९ मंसिर ४ को निर्वाचन अछाम –१(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।