काठमाडौं- भारतीय अभिनेत्री जान्हवी कपुर एक्कासी बिरामी परेर चार दिन अस्पतालको बेडमा लड्नुपर्योप। पेट दुखाइका कारण अस्पताल भर्ना भएकी उनले उपचार अनुभुती साझा गरेकी छिन्।
पछिल्ला दिनमा निकै व्यस्त उनले कामका कारण स्वास्थ्यलाई नजरअन्दाज गर्दा यस्तो झेल्नुपरेको बताइन्। उनको भनाइ छ, 'मैले करियरलाई ध्यान दिएँ । स्वास्थ्यलाई ख्याल नगर्दा यस्तो समस्या भोग्नुपरेको हो।'
एकपटक आफूलाई पूरै शरीर प्यारालाइज्ड भएको महशुस भएको बताइन्। आफैं उठ्न-बस्न समेत मुश्किल परेको बताउँदै उनले यो आफ्नो जीवनको जनाउ घन्टी घटना भएको बताइन्। उनले थपिन्, 'यसले मलाई स्वास्थ्यका लागि पनि समय छुट्याउन भनेको हो। अब म जति व्यस्त भएपनि शरीरको ख्याल गर्छु।'
केही दिनअघि मुम्बइको एचएन रिलायन्स हस्पिटलमा भर्ना भएर उनी घर फर्किएकी छिन्। तंग्रिने क्रममा रहेकी उनले आफूलाई फुड पोइजनिङ भएको उल्लेख गरेकी छिन्।