काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एनेस्थेसिया विभागका चिकित्सकहरुले सेवा अवरुद्द गरेपछि अस्पताल प्रमुख डा सन्तोष पौडेलले स्पष्टीकरण मागेका छन्।
बिना जानकारी अपरेशन लगायत सम्वेदनशील स्वास्थ्य सेवाहरु अवरुद्ध गरेको भन्दै उक्त विभागका निमित्त प्रमुखलाई स्पष्टीकरण सोधिएको हो। प्रमुख पौडेलले आजै लिखित स्पष्टीकरण माग गरेका छन्।
'के कति कारणले उक्त गतिविधिमा संलग्न हुनुभएको हो? यहाँहरुलाई कानून अनुसार कारवाही किन नगर्ने? स्पष्ट खुलाई आज कार्यालय समय भित्र लिखित जवाफ पेश गर्नुहुन जानकारी गराईन्छ।' स्पष्टीकरणमा भनिएको छ।