काठमाडौं- स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर भदौ १ देखिमात्रै लगू हुने भएको छ। स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीका सेवा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकीसकेको छ।
यसअघि साउन १ देखि नयाँ दररेट साउनमा लागू हुने भनिए पनि यो नयाँ दररेट भदो १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ। सेवा प्रदायकको माग अनुसार समय थपिएको हो।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ। सबैभन्दा सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ।