काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तहकी होमियोप्याथी चिकित्सक संगीताकुमारी साह विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
आइतबार अख्तियारले आठौंं तहमा करारमा कार्यरत साहले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश रहेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो।
होमियोप्याथी चिकित्सक सेवा करार पदको विज्ञापनमा उत्तीर्ण साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानविन गरेको थियो।
छानविनमा क्रममा विहार संस्कृत शिक्षा वोर्डद्वारा संचालिन मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर होमियोप्याथी चिकित्सक आठौं तहमा नियुक्त लिएको पाइएको अख्तियारले जनाएको छ।