काठमाडौं- औषधि व्यवस्था विभागले कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ। विभागले परिच्छेद ३ मा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचारसंहिता निर्माण गरेको छ।
जसमा कार्यालय परिसरमा फोटो तथा भिडियो खिचि फेसबुक टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको छ। उक्त परिच्छेदमा सामाजिक सञ्जालमा सरकार, संगठन वा अन्य पदाधिकारीलाई असर पर्ने गरी कुनै पनि संकेत (लाइक, कमेन्ट, शेयर) गर्न नहुने पनि उल्लेख गरिएको छ।
यसैगरी सुपरीवेक्षकको सहमति बिना सरकारी कामका सिलसिलामा गरिएका काम प्रदर्शन गर्ने गरी सामाजिक सञ्जालमा पोष्ट गर्न नहुने, कार्यालय परिसर भित्र र कार्यालयको पोशाकमा फोटो तथा भिडियो खिचि टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा अपलोड गर्न नहुने उल्लेख छ।
हेरौं आचारसंहिताको पूर्ण पाठ