काठमाडौं- औषधि व्यवस्था विभागले विभिन्न ८ वटा औषधि विक्रिवितरणमा रोक लगाएको छ। सरकार आधिकारिक निकायमा दर्ता नभएको भन्दै रोक लगाएको हो। ती औषधिहरुको गुणस्तरका बारेमा औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मको रोक लगाएकोहो हो।
ती औषधिको नयाँ उत्पादन नगर्न र बजारमा विक्रीवितरण भइरहेको भए रोक्न भनिएको छ। 'थप उत्पादन नगर्न/नगराउन औषधि मुल्यांकन समितिको मिति २०६०/०६/०४ र १८ गतेको बैठकको सिफारिसमा मिति २०८०/०८/११मा विभागीय निर्णय भै विभागको वेबमा सूचना प्रकाशन भएको विदितै छ,' विभागले ट्ठुचनामा भनेको छ।
उक्त औषधिहरुका हकमा औषधि सल्लाहकार समितिको मिति २०८०/१२/२१ गते बसेको ५६ औं बैठकको निर्णय बमोजिम तालिका १ मा उल्लेखित ८ (आठ) प्रकारका औषधिहरुरोक लगाउन विभागलाई सिफारिस भइ आएको भन्दै रोक लगाइएको हो।