काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामी साउन १७ र १८ गते विशेष परीक्षा गर्ने भएको छ। काउन्सिलको उक्त परीक्षामा सहभागी हुन चाहनेले असार १० गतेदेखि ३० गतेसम्मा आवेदन दिन सक्नेछन्।
विलम्ब शुल्क तिरेर असार ३१ र साउन १ गते पनि आवेदन दिन सक्ने बताइएको छ। आवेदन भर्ने र बुझाउन २४ घन्टै खुला हुने बताइएको छ।
परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ।