काठमाडौं- नेपालमा रहेका वडाहरुमध्ये सबैभन्दा बढी वडामा खोप सेवा उपलब्ध रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदनले उक्त कुरा देखाएको हो।
नेपालमा रहेका कुल ६ हजार ७ सय ४३ वटा वडामध्ये ९५.२ प्रतिशत अर्थात् ६४१८ ओटा वडामा खोप सेवा उपलब्ध रहेको पाइएको हो। सार्वजनिक प्रतिवेदन अनुसार वडाका स्वास्थ्य संस्थामा उपलब्ध विभिन्न सुविधाहरूमध्ये सबैभन्दा बढी खोप सेवा ९५.२ प्रतिशत अर्थात् ६४१८ ओटा वडामा र सबैभन्दा कम सर्पदंश उपचार सेवा मात्र १२.० प्रतिशत अर्थात् मात्र ८०९ ओटामा उपलब्ध रहेको देखिन्छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी खोप सेवा रहेको प्रतिवेदनमा उल्लेख छ। कर्णाली प्रदेश बाहेक बाँकी प्रदेशमा ९५ प्रतिशतभन्दा बढी वडामा खोप सेवा रहेको छ भने कर्णाली प्रदेशमा मात्र ९२.८ प्रतिशत वडामा रहेको छ।
यस्तै प्रतिवेदन अनुसार नेपालका ८१.२ प्रतिशत वडा अर्थात ५४७३ मा मात्र गर्भावस्था परामर्श तथा गर्भावस्थाको स्वास्थ्य सेवा उपलब्ध रहेको पाइएको छ।
हेरौं कुन सेवा कहाँ कति प्रतिशतमा उपलब्ध छ