काठमाडौं- प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन्। सातवटै प्रदेशले शनिबार बजेट ल्याएका हुन्। अधिकांश प्रदेश सरकारले चालु वर्षको तुलनामा आकार घटाएर बजेट ल्याएका छन्। बागमती र सुदूरपश्चिम प्रदेशले भने केही बढाएर बजेट ल्याएका छन्।
बजेटलाई हेर्दा अधिकांश प्रदेशले स्वास्थ्यलाई प्राथमिकता दिएको देखिन्छ। सात वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय छ। तीन वटा प्रदेशमा भने सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्यका विषयहरु पर्छन्।
स्वास्थ्य मन्त्रालय नै रहेका प्रदेशहरुले स्वास्थ्यमा अलि बढी महत्व दिएको देखिन्छ। शनिबार सार्वजनिक बजेट अनुसार छुट्टै स्वास्थ्य मन्त्रालय भएका प्रदेशमा स्वास्थ्यमा कति बजेट आयो भन्ने प्रष्ट देखिन्छ भने सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका प्रदेशमा भने स्वास्थ्यमा ठ्याक्कै कति बजेट आयो भन्न केही समय लाग्ने देखिन्छ।
कुन प्रदेशमा स्वास्थ्यमा कति बजेट?
सुदूरपश्चिम: ६ अर्ब ४७ करोड (शिक्षा, स्वास्थ्य, यूवा तथा खेलकुद, सामाजिक विकास, भाषा संस्कृति)
कर्णाली (सामाजिक विकास मन्त्रालय) : ५ अर्ब ७२ करोड
लुम्बिनी (स्वास्थ्य) : ५ अर्ब ७४ करोड ८२ लाख
गण्डकी (सामाजिक विकास र स्वास्थ्य मन्त्रालय) : ५ अर्ब ४७ करोड ७४ लाख १६ हजार
बागमती (स्वास्थ्य) : ४ अर्ब ८ करोड
मधेश (स्वास्थ्य) : ५ अर्ब २१ करोड
कोशी (स्वास्थ्य) : ३ अर्ब ५८ करोड
कुन प्रदेशमा स्वास्थ्यका के के कार्यक्रम?
सुदूरपश्चिम प्रदेशको बजेटमा स्वास्थ्य
१.प्रदेश अन्तर्गतका अस्पताल तथा स्थानीय तहका स्वास्थ्य चौकीहरूलाई थप स्तरोन्नति र सुदृढीकरण गरी अस्पतालहरूमा फिजीयोथेरापी सेवा विस्तार गरिनेछ। कल्पसनद चिकित्सा पद्धतिको विकास र विस्तारका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
२.सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालबाट सिकेलसेल एनिमिया, थालासेमिया, हेमोफिलिया जस्ता रोगहरूको पहिचान, निदान र उपचारको व्यवस्थाका लागि घोरघोरा स्वास्थ्य उपचार कार्यक्रममा रु. १ करोड ४० लाख विनियोजन गरेको छु ।
३. मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रदेशमा कुपोषण न्यूनीकरण र केस व्यवस्थापन गर्न स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्वास्थ्य संस्थामा पोषण पुनर्स्थापना केन्द्रहरू स्थापना, विस्तार र स्तरोन्नतिका लागि प्रदेश स्वास्थ्य निर्देशनालय अस्पताल र स्वास्थ्य कार्यालयहरूमा पर्याप्त बजेटको व्यवस्था मिलाएको छु ।
४. सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय तथा मातहतका स्वास्थ्य निकायहरूको जनशक्ति व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरिनेछ । प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धिका लागि जनशक्ति तथा उपकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५. प्रसुति केन्द्र र ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई थप सुदृढीकरण गर्न आवश्यक उपकरणहरूको व्यवस्था गरी प्रजनन् स्वास्थ्य सम्बन्धी रोगहरू र रुग्णताको पहिचान र निदान गर्न विषेशज्ञ सहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालनका लागि प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूमा आवश्यक बजेटको व्यवस्था गरेको छु ।
६.शारीरिक रूपमा अपाङ्गता र अटिजम भएका बालबालिकाहरूका लागि स्क्रिनिङ शिविर सञ्चालन गर्न, स्थानीय तहसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना गर्न र स्थानीय तह, गैरसरकारी संघसंस्था तथा निजी क्षेत्रको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
७. मेरो स्वास्थ्यः मेरो जिम्मेवारी भन्ने नारासहित नसर्ने तथा मानसिक रोग न्यूनीकरणका लागि स्थानीय तहसँगको समन्वयमा नसर्ने रोग सम्बन्धी योजना कार्यान्वयन गरिनेछ । नसर्ने रोग नियन्त्रण र रोकथामका लागि संघ सरकारसँगको समन्वयमा प्रदेश मातहत रहेका नागरिक आरोग्य सेवा केन्द्रहरूलाई थप व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । प्रादेशिक अस्पतालहरूमा मानसिक स्वास्थ्य इकाई स्थापनाका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
८. सडक दुर्घटनाबाट स्वास्थ्य क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरूलाई बेशिक लाईफ सपोर्ट र फस्ट एड जस्ता तालिम प्रदान गर्ने व्यवस्था मिलाएको छु ।
कर्णालीको स्वास्थ्य बजेट
११५. प्रदेश अस्पताल सुर्खेतबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन जनशक्ति, भौतिक पूर्वाधार, औषधी र उपकरणको सुनिश्चितता गरिनेछ। यस अस्पताललाई प्रेषण तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न अध्ययन पश्चात आवश्यक कानुनी व्यवस्था गरिनेछ । अस्पतालको पूर्वाधार विकास तथा सुधारको लागि रू. ५० करोड विनियोजन गरेको छु।
११६. स्वास्थ्य सेवालाई सर्वसुलभ पहुँचयोग्य र प्रभावकारी बनाउन सल्यान, रूकुम पश्चिम, हुम्ला र दैलेख जिल्लाका जिल्ला अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिएको छु। यसको लागि रू. २५ करोड ५० लाख विनियोजन गरेको छु।
११७. सङ्घीय सरकारसँगको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र मेहलकुना अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ । ११८. रणनीतिक तथा आधारभूत अस्पतालहरूको स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवा सुदृढीकरण गरिनेछ। आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच तथा बिरामीको उपचार खर्चमा सहुलियत दिन अपाङ्ग तथा असहाय नागरिकको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छ ।
११९. प्रदेशका सबै जिल्लामा नियमित रूपमा आधारभूत औषधी गुणस्तरीय स्वास्थ्य सामग्री र उपकरणको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। यसका लागि रू. ७ करोड रकम विनियोजन गरेको छु ।
१२०. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा उक्त प्रतिष्ठानमा ब्लड बैक स्थापना गरिनेछ। मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीहरूलाई मेजर अपरेसन गर्दा उपचार खर्च प्रदान गर्ने व्यवस्था मिलाएको छु । यी दुबै कार्यक्रमका लागि एक/एक करोडका दरले रकम विनियोजन गरेको छु ।
१२१. इ-हेल्थ सेवा, टेलिमेडिसिन, विशेषज्ञ सेवा, अस्पताल एवम् प्रयोगशाला सुदृढीकरण र निरन्तरताका लागि रू. ७ करोड विनियोजन गरेको छु ।
१२२. स्वास्थ्य सेवाको अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित, तथ्यपरक र समयबद्ध गर्न विद्युतीय स्वास्थ्य सूचना अभिलेख प्रतिवेदन प्रणालीको सुदृढीकरण कार्यलाई निरन्तरता दिएको छु ।
१२३. सम्भावित महामारी तथा आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न महामारी तथा आकस्मिक स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
१२४. सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषणको लागि प्रदेशका "क" वर्गका स्थानका लागि रू. २ हजार ५ सय र "ख" वर्गको स्थानका लागि रू. २ हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउन आवश्यक रकम विनियोजन गरेको छु ।
१२५. कर्णाली प्रदेश सरकारले विगतदेखि सञ्चालनमा ल्याएको प्रति महिला स्वास्थ्य स्वयंसेविकालाई रू. १० हजार प्रोत्साहन भत्ता दिने व्यवस्थालाई निरन्तरता दिएको छु । यस्तो प्रोत्साहन भत्तालाई स्वयंसेविकाबाट प्रदत्त सेवासँग प्रविधिमार्फत आवद्ध गर्ने र यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भइ स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा लिएको छु ।
१२६. दुर्गम ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई नजिकको स्थानबाट न्यूनतम् आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा सामुदायिक स्वास्थ्य इकाईहरूको सञ्चालनलाई निरन्तरता दिएको छु ।
१२७. प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढीकरण गरी कर्णालीका जडीबुटी प्रयोग गरी आयुर्वेद औषधीको उत्पादन शुरू गरिनेछ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको समेत सुदृढीकरण गरी आयुर्वेद उपचार पद्धतिलाई प्रोत्साहन गरिनेछ । नागरिक आरोग्य केन्द्रहरूको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन हुने गरी बजेटको प्रबन्ध गरेको छु ।
१२८. नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कर्णाली स्वस्थ नागरिक विशेष अभियान अन्तर्गत प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय तह र सरोकारवाला संस्थाहरू समेतको सहयोग एवम् साझेदारीमा नागरिकको घरदैलोमा स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा पुऱ्याउन विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यसका लागि रू. ८ करोड विनियोजन गरेको छु ।
१२९. सुरक्षित मातृत्व. पोषण, रोग नियन्त्रण र उपचारात्मक सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिइनेछ । अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिइनेछ ।
१३०. सङ्घीय सरकार, स्थानीय तह तथा विकास साझेदार समेतको सहकार्यमा मानसिक रोग लगायत अन्य नसर्ने रोगको नियन्त्रणका लागि प्रतिरोधात्मक उपचारात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालनमा ल्याइनेछ ।
१३१. मातृ मृत्यु, बाल मृत्यु. शिशु मृत्यु, नवजात मृत्युदरलाई न्यूनीकरण गर्न सचेतना, परामर्श, सामाजिक व्यवहार परिवर्तन, पोषण, खोप उपचार सेवालाई सशक्त बनाइनेछ। यस सम्बन्धी सूचना व्यवस्थापन एवम् निगरानी प्रणालीको थप सुदृढीकरण गरिनेछ।
१३२. पोषण सेवा केन्द्रको सुदृढीकरणमा ध्यान दिईनेछ । कर्णाली प्रदेशमा पोषणको क्षेत्रमा काम गर्ने विकास साझेदार संस्था एवम् सरोकावालासँग समन्वय तथा सहकार्य गरी पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरूलाई सामञ्जस्यता कायम गरिनेछ ।
लुम्बिनी प्रदेको बजेटमा स्वास्थ्य
• नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न "मेरो स्वास्थ्य: मेरो जिम्मेवारी अभियानका साथ स्वस्थकर जीवनशैली प्रवर्द्धन तथा भान्सा सुधार कार्यक्रम समेत सञ्चालन गर्दै नागरिक आरोग्य कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका साथै ४० वर्ष माथिका नागरिकको निःशुल्क मधुमेह, रक्तचाप र मृगौलाको परीक्षण, किशोर तथा किशोरीको रक्तअल्पता पहिचान कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि रू. ४ करोड ४५ लाख विनियोजन गरेको छु।
• मानसिक स्वास्थ्यका समस्या पहिचान एवम् रोकथामका लागि समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन र उपचारको लागि स्वास्थ्य संस्थाको क्षमता विकास गरिनेछ । ८० वर्ष पुगेका जेष्ठ नागरिक तथा अति अशक्त (क) र (ख) वर्गलाई स्थानीय तहसँगको सहकार्यमा घरमै स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
• आमा बन्दा कसैले ज्यान गुमाउन नपरोस भनी उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्न स्थानीय तहसँगको समन्वयमा “पूर्ण सुरक्षित मातृत्व सेवा' अभियानसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । जोखिमपूर्ण अवस्थाका गर्भवती महिलालाई अर्को सुबिधा सम्पन्न अस्पतालमा प्रेषण गर्न निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने र दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्दार गरिने व्यवस्था गरेको छु । यसका लागि आवश्यक रकम छुट्याएको छु ।
• प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा विस्तारको लागि रू. १५ करोड बिनियोजन गरेको छु । साथै राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा मातृशिशु सेवा युनिट निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
• नवजात शिशुको रूग्णता र मृत्युदर घटाउन बर्दिया, कपिलबस्तु, प्यूठान, भीम, राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालमा नवजात शिशु सघन उपचार इकाई (एन.आइ.सि.यु. र एस.एन.सि.यु.) को सुदृढीकरण गरिनेछ ।
• मृगौला प्रत्यारोपण, मुटुको भल्भ र क्यान्सर रोगको उपचारमा सहुलियत कार्यक्रमलाईनिरन्तरता दिनुका साथै विपन्न नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगको उपचार सहायतालाई निरन्तरता दिन रु ५ करोड ५० लाख विनियोजन गरेको छु ।
• प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ । पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ । ५० शैय्यामा स्तरोन्नति भएको अर्घाखाँची अस्पतालको बहुवर्षीय भवन र प्यूठानको स्वास्थ्य कार्यालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुका साथै कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माणाधीन लुम्बिनी प्रदेशस्तरीय सुविधा सम्पन्न सरूवा रोग अस्पतालको भवन निर्माण निरन्तरताको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
• प्रेषण प्रणालीमा आधारित एम्बुलेन्स सेवा प्रदान गर्न हालका एम्बुलेन्समा जि.पि.एस. जडान गरी एकीकृत सेवा सञ्चालन गरिनेछ ।
• लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट उपलब्ध ईमरजेन्सी सेवाको निःशुल्क टिकट व्यवस्थालाइ निरन्तरता दिएको छु । प्रदेशका सबै सरकारी अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थामार्फत निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउन शोधभर्नाका लागि समेत आवश्यक रकम विनियोजन गरेको छु ।
• स्वास्थ्य प्रणालीको आधार तहमा रही आमा र बालबालिकाको स्वास्थ्य सेवामा खटिनु भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनही रु. ५० हजार सहित सम्मानजनक बिदाई कार्यक्रमलाई निरन्तरता दिएको छु ।
• प्रदेश राजधानीमा सुविधा सम्पन्न अस्पतालको पूर्ण संरचना नबन्दासम्म लालमटिया स्वास्थ्य चौकीको परिसरभित्र भालुवाङ अस्पताल आकस्मिक स्वास्थ्य सेवासहितको बिशेषज्ञ सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
• जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल, थालसेमिया र हेमोफिलिया रोगको सचेतनार स्क्रिनिङ्गको उचित प्रबन्ध गरी यस्ता बिरामीहरुको स्वास्थ्य बिमा गराई उपचारमा सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु ।
• मृगौला रोगीलाई उपचारको व्यवस्था मिलाउन कपिलवस्तु, प्यूठान, पृथ्वीचन्द्र, रामपुर, गुल्मी, बर्दिया र राप्ती प्रादेशिक अस्पतालमा डाइलाइसिस सेवालाई निरन्तरता दिई इरिथ्रोपोइटिन औषधिमा सहुलियत उपलब्ध गराइनेछ । साथै आँखाको नानीको समस्याका कारण दृष्टि गुमाएकालाई प्रदेश भित्रका आँखा अस्पतालहरुबाट नानी प्रत्यारोपण सेवा निःशुल्क प्रदान गर्न रकम विनियोजन गरेको छु ।
• अत्यावश्यक आयुर्वेद औषधी निःशुल्क वितरणको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जि.एम.पि. स्टाण्डर्ड प्रादेशिक आयुर्वेद औषधी उत्पादन केन्द्र सञ्चालनमा ल्याइनेछ। आयुर्वेद तथा वैकल्पिक चिकित्सामा नागरिकको पहुँच वृद्धि गर्न प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रूपमा स्तरोन्नतिका साथै प्रदेशका आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा पञ्चकर्म सेवा विस्तार गर्न रकम विनियोजन गरेको छु ।
गण्डकी प्रदेको बजेटमा स्वास्थ्य
• स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि लक्षित वर्गमा स्वास्थ्य बीमा, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, कडा रोगको उपचारमा आर्थिक सहायता, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको लागि निःशुल्क परीक्षण, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु ।
• विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ जिल्लाअस्पताललाइ २५ शैय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शैय्या क्षमतामा स्तरोन्नति गर्न तथा गोरखाको आँपपिपल अस्पताल र बाग्लुङको बुर्तिबाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
• संक्रामक तथा सरुवा रोग अस्पताललाई प्रदेशको विशिष्टीकृत अस्पतालको रुपमा विकास गरिनेछ । प्रदेशस्थित रेफरल अस्पतालमा न्युरो इन्टरभेन्सन रेडियोलोजी सेवा, मातृशिशु मितेरी अस्पतालमा निःसन्तानपनको उपचार सेवा र हिमाली तथा उच्च पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण र प्रविधिसहित उच्च भेगीय विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
• प्रदेशको मातृ तथा नवशिशु मृत्यु दरलाई न्यूनीकरण गर्न प्रदेशका सबै जिल्लाहरूमा कम्प्रीहेन्सिभ इमर्जेन्सी अब्स्टेट्रिक एण्ड नियोनेटल केयर सेवा सुनिश्चित गरी मातृशिशु मृत्युको नियमित निगरानी, संस्थागत सुत्केरी प्रवर्द्धन, सिमुलेसन बेस्ड मेन्टरसिप कार्यक्रम, रणनैतिक स्थानमा प्रसूति प्रतीक्षा गृहको स्थापना र ग्रामीण भेगमा अल्ट्रासाउन्ड सेवाको विस्तार गरी गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूति सहित “पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश" बनाउने अभियानलाई निरन्तरता दिई सो कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
• प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवालाई थप प्रभावकारी र नतिजामुखी बनाउन एकीकृत जनस्वास्थ्य अभियान मार्फत सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रण, मानसिक रोग एवम् आत्महत्या रोकथाम, प्रजनन स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र वातावरणीय स्वास्थ्य प्रवर्द्धन, बालबालिका, किशोरकिशोरी, महिला, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गको पोषण स्थितिमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
• स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि लक्षित वर्गमा स्वास्थ्य बीमा, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, कडा रोगको उपचारमा आर्थिक सहायता, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको लागि निःशुल्क परीक्षण, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु ।
• विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ जिल्ला अस्पताललाइ २५ शैय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शैय्या क्षमतामा स्तरोन्नति गर्न तथा गोरखाको आँपपिपल अस्पताल र बाग्लुङको बुर्तिबाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
• संक्रामक तथा सरुवा रोग अस्पताललाई प्रदेशको विशिष्टीकृत अस्पतालको रुपमा विकास गरिनेछ । प्रदेशस्थित रेफरल अस्पतालमा न्युरो इन्टरभेन्सन रेडियोलोजी सेवा, मातृशिशु मितेरी अस्पतालमा निःसन्तानपनको उपचार सेवा र हिमाली तथा उच्च पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण र प्रविधिसहित उच्च भेगीय विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
• प्रदेशको मातृ तथा नवशिशु मृत्यु दरलाई न्यूनीकरण गर्न प्रदेशका सबै जिल्लाहरूमा कम्प्रीहेन्सिभ इमर्जेन्सी अब्स्टेट्रिक एण्ड नियोनेटल केयर सेवा सुनिश्चित गरी मातृशिशु मृत्युको नियमित निगरानी, संस्थागत सुत्केरी प्रवर्द्धन, सिमुलेसन बेस्ड मेन्टरसिप कार्यक्रम, रणनैतिक स्थानमा प्रसूति प्रतीक्षा गृहको स्थापना र ग्रामीण भेगमा अल्ट्रासाउन्ड सेवाको विस्तार गरी गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूति सहित “पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश" बनाउने अभियानलाई निरन्तरता दिई सो कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
• प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवालाई थप प्रभावकारी र नतिजामुखी बनाउन एकीकृत जनस्वास्थ्य अभियान मार्फत सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रण, मानसिक रोग एवम् आत्महत्या रोकथाम, प्रजनन स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र वातावरणीय स्वास्थ्य प्रवर्द्धन, बालबालिका, किशोरकिशोरी, महिला, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गको पोषण स्थितिमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
बागमती प्रदेशमा स्वास्थ्यका २५ विषय
१. बागमती प्रदेश सरकारको "स्वस्थ नागरिक गुणस्तरीय जीवन को सोच अनुरुप संघ तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सबै प्रकारका स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । जनस्वास्थ्यका मापदण्ड सुनिश्चित गर्दै सबै नीतिमा स्वास्थ्य कार्यान्वयन गर्न विषयगत मन्त्रालयसँग सहकार्य र साझेदारी गरिनेछ ।
२. सरोकारवाला क्षेत्र, निकाय र संघ / संस्थासँगको समन्वय र सहकार्यमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दरलाई न्यूनीकरण गर्न प्रदेशका १३ वटै जिल्लामा मानसिक स्वास्थ्यको प्रवर्धन, आत्महत्याको न्यूनीकरण अभियान सञ्चालन गरिनेछ । यसका लागि रु. १ करोड ७३ लाख विनियोजन गरेको छु ।
३. गर्भवती र प्रसूति अवस्थामा जोखिममा परेका महिलाको निःशुल्क हवाइ उद्धार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रकम विनियोजन गरेको छु । प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि सुरक्षित मातृत्व, नवशिशु तथा बाल स्वास्थ्य, किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य एवं ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई विकास र विस्तार गर्दै लगिने व्यवस्था मिलाएको छु ।
४. महिलाहरूमा हुन सक्ने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छु । संघीय सरकारसँगको सहकार्यमा महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित उमेरका किशोरीहरूलाई निःशुल्क रुपमा HPV खोप लगाउने व्यवस्था गरेको छु ।
५. क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोग, अब्स्टेट्रिक फिष्टुला लगायतका नसर्ने रोगहरुको पहिचान, परीक्षण, निदान र उपचार गर्न मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छु। प्रदेशभित्रका विपन्न नागरिकलाई क्यान्सर, हृदयघात र मस्तिष्कघात उपचार सहुलियत कार्यक्रमलाई विशिष्टीकृत अस्पतालमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छु । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको लागि रु. २१ करोड विनियोजन गरेको छु ।
६. चितवनको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची र सिन्धुलीको दुधौली अस्पताललाई कमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु।
७. नसर्ने रोगको रोकथामका लागि मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत सिकलसेल एनिमिया, हेमोफिलिया, थालासेमिया, अटिजम लगायतका आनुवंशिक तथा जन्मजात स्वास्थ्य समस्या र उमेर सापेक्ष विकाससँग सम्बन्धित रोगहरुको निःशुल्क परीक्षण गर्ने व्यवस्था शुरु गरेको छु ।
८. वागमती प्रदेशका विभिन्न वडाहरुमा सेवा गरिरहनु भएका ९ हजार ४ सय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ताको लागि रु. ४ करोड ६५ लाख विनियोजन गरेको छु।
९. एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छु । यस कार्यक्रमलाई स्थानीय तहको समन्वयमा क्रमशः समुदाय स्तरमा विस्तार गर्दै लगिनेछ । यसका लागि रु. ४९ करोड विनियोजन गरेको छु ।
१०. प्रदेश अन्तर्गतका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चितताका लागि दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन कार्यक्रम मार्फत आवश्यक रकम विनियोजन गरेको छु । स्वास्थ्यकर्मीहरुको प्राविधिक ज्ञान र सीप विकासको लागि रु. ४ करोड ३७ लाख विनियोजन गरेको छु ।
११. प्रदेशका अस्पतालहरुमा आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, जलन (बर्न), मुख तथा दन्त सेवा, मानसिक स्वास्थ्य सेवा लगायतका विशेषज्ञ सेवा विकास र विस्तार गर्न बजेट व्यवस्था गरेको छु।
१२. प्रदेशमा बसोबास गर्ने अति सीमान्तकृत तथा लोपोन्मुख जाति, आश्रममा आश्रित व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, गरिबदलित, सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते लगायतका लक्षित वर्गका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने व्यवस्था मिलाएको छु । यस कार्यक्रमका लागि रु. ११ करोड ५७ लाख विनियोजन गरेको छु।
१३. प्रदेशमा विशेषज्ञ चिकित्सक लगायत प्राविधिक जनशक्ति उत्पादन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षदेखि स्नातकोत्तर तहको अध्ययन तथा अध्यापन सुरुवात गर्न बजेटको व्यवस्था गरेको छु । साथै हेटौडा अस्पताललाई विशेषज्ञ सेवा सहित ३ सय शैय्या अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
१४. प्रदेशमा स्थायी रुपमा बसोबास गर्ने ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था शुरुवात गर्न बजेट व्यवस्था गरेको छु । बागमती प्रदेशका प्रादेशिक अस्पतालहरुमा ६५ वर्षभन्दा माथिका विपन्न जेष्ठ नागरिकहरुका लागि दन्त सेवा तथा दन्त सहायता सामग्रीहरुको निःशुल्क वितरणको व्यवस्था मिलाएको छु ।
१५. वागमती प्रदेशका प्रादेशिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अति आवश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु ।
१६. प्रदेश भित्रका लोपोन्मुख र सीमान्तकृत जातिहरुको सुरक्षित मातृत्व सेवा तथा खोप सेवामा पहुँच वृद्धिका लागि प्रोत्साहन स्वरुप रु. ५ हजार प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिएको छु ।
१७. प्रदेशका विपन्न नागरिकका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिन रु. १ करोड ६४ लाख विनियोजन गरेको छु ।
१८. डेंगु, स्क्रबटाइफस लगायतका जनस्वास्थ्य विपद् तथा महामारी व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना सहित स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्न रकम विनियोजन गरेको छु ।
१९. प्रदेश सरकार मातहतका बज्रवराही चापागाँउ अस्पताल, मकवानपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र ललितपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको भौतिक पूर्वाधार निर्माण तथा निरन्तरताका लागि रु. १६ करोड ६६ लाख विनियोजन गरेको छु।
२०. जीवनचक्रमा आधारित पोषण विशेष योजना तर्जुमा गरी स्थानीय तहसँगको सहकार्यमा पोषण उपचार तथा पुनर्स्थापना केन्द्र सुदृढीकरण र विस्तार गरिनेछ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मान्यतालाई प्रभावकारी बनाउन स्वस्थ भान्छाको अवधारणा अनुरुप भान्छा नै औषधालय हो, भान्छालाई विषमुक्त बनाऔं भन्ने अभियानका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
२१. योग, होमियोप्याथी, अकुपन्चर लगायतका वैकल्पिक चिकित्सा उपचार पद्धतिलाई प्रवर्धन गरिनेछ । चितवनस्थित आयुर्वेद औषधी उत्पादन केन्द्रबाट असल उत्पादन अभ्यास (Good Manufacturing Practices - GMP) मापदण्ड अनुसार आगामी वर्षदेखि आयुर्वेदिक औषधी उत्पादन सुरुवात गर्न रकम विनियोजन गरेको छु।
२२. प्रादेशिक अस्पतालहरूमा अनलाइन टिकट प्रणाली तथा इलेक्ट्रोनिक मेडिकल अभिलेख र प्रतिवेदन प्रणाली क्रमशः लागु गर्दै स्वास्थ्य सेवामा डिजिटाइजेसन र सूचना प्रविधिको प्रयोगका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
२३. आन्तरिक तथा बाह्य बसाइसराई, बढ्दो सहरीकरण र जनसाङ्ख्यिक परिवर्तनको प्रवृत्ति अध्ययन गरी जनसाङ्ख्यिक लाभ प्राप्त गर्न प्रदेश जनसङ्ख्या नीति तर्जुमा गरिनेछ ।
२४. स्थानीय तहमा स्वास्थ्य सेवा सञ्चालन तथा सुदृढीकरणका लागि सशर्त अनुदान मार्फत रु. ५६ करोड विनियोजन गरेको छु ।
२५. स्वास्थ्य मन्त्रालय तर्फ रु. ४ अर्ब ८ करोड विनियोजन गरेको छु ।
मधेश प्रदेशको बजेटमा स्वास्थ्यका कार्यक्रम
१. संविधान प्रदत्त आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकको प्रत्याभुत गराउन स्वास्थ्य सेवालाई थप विस्तार गर्न " मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ पालिकाहरुको समन्यवयमा मधेश प्रदेशका प्रत्येक जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना तथा सञ्चालनको लागि यथेष्ट रकम विनियोजन गरेको छु ।
२. आधारभुत स्वास्थ्य सेवाको विस्तारका लागि न्यूनतम सेवा मापदण्ड व्यवस्थापन तथा अस्पताल सुदृढीकरण कार्यक्रमलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरेको छु ।
३. किशोर किशोरीहरुलाई कुलतबाट बचाउन सुर्तीजन्य तथा मादक पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरण कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छु।
४. मधेश प्रदेशमा रहेको उच्च दरको आमा र शिशुको उच्च मृत्युदर न्यूनीकरण गर्न मातृ तथा नवजात शिशु स्वास्थ्य व्यवस्थापन प्रणाली Mother and Child Health Management system (MCHMS ) का लागि रू. १० करोड विनियोजन गरेको छु ।
५. मधेश प्रदेशमा बढ्दो स्वास्थ्य जोखिम र विरामी को अनुपातमा स्वस्थ्यकर्मीको संख्या न्यून रहेकाले प्रर्याप्त संख्यामा दरबन्दी सिर्जना गरी पदपुर्तिको प्रकृया अगाडी बढाउन मन्त्रालय तथा मातहतका निकायहरुको संगठन संरचनाको संगठन र व्यवस्थापन सर्वेक्षणको लागि रु. १ करोड विनियोजन गरेको छु ।
६. प्रदेशवासीको स्वास्थ्य अवस्थालाई सुधार गर्न तथा सम्भावित स्वास्थ्य जोखिमको न्यूनिकरणका लागि मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु ।
७. सुत्केरी र गर्भवती आमा तथा विधालय बालबालिकाको न्यूनतम पोषणको सुनिश्चितताका लागि सुत्केरी तथा गर्भवती आमा र विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको लागि किशोरी हरुलाई साप्ताहिक Iron, Folic acid and Albendazole वितरणका लागि रू. ३ करोड विनियोजन गरेको छु ।
८. हरेक जिल्लामा पुर्ण सुसज्जित मेडिकल उपकरण सहितको मोबाईल एम्बुलेन्स व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरेको
छु।
९. स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरेको छु ।
कोशीको बजेटमा स्वास्थ्य
- मेची प्रादेशिक अस्पताललाई उत्कृष्ट सेवा केन्द्र (Center of Excellence) को रुपमा विकास गर्नुका साथै प्रदेश मातहतका पाँचथर, धनकुटा, उदयपुर, संखुवासभा, खोटाङ्ग जिल्ला अस्पतालबाट गुणस्तरिय ICU/NICU सहितको सेवा प्रवाह गर्न रु. ६० करोड ५५ लाख बजेट विनियोजन गरेकोछु ।
- प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा बिकास गर्नका साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन तथा विस्तार, स्वस्थ जीवनशैली, आहार विहार, योग, ध्यान तथा व्यायाम प्रवर्द्धन गर्नका लागि रु.१८ करोड ५० लाख बजेटको व्यवस्थापन गरेकोछु ।
- प्रदेश मातहतका तोकिएका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत होमीयोप्याथि सहितको एकिकृत स्वास्थ्य सेवालाई निरन्तरता दिएको छु । औषधीय प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न संघ सरकारसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ । प्रदेश मातहतका सबै अस्पतालबाट बिशेषज्ञ सेवा सुनिश्चितताका लागि स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्था गरेकोछु । सो को लागि कुल रु. ६ करोड ८४ लाख बजेट विनियोजन गरेकोछु । साथै नसर्ने तथा मानसिक रोगको रोकथाम एवं स्वास्थ्य प्रबर्द्धनको लागि विशेष व्यबस्था गरेको छु।
- सुनसरी, उदयपुर, धनकुटा र संखुवासभा जिल्लामा प्रजनन स्वास्थ्य सम्बन्धि आङ्ग खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा निःसन्तान सम्बन्धी समस्यालाई प्रदेशका आधारभुत स्वास्थ्य इकाईहरुबाट समेत नियमित स्क्रिनिङ्ग तथा उपचारका लागी आवश्यक विनियोजन गरेकोछु । साथै जिल्ला अस्पताल उदयपुर, धनकुटा, संखुवासभा एवं प्रादेशिक अस्पताल भद्रपुरबाट निःसन्तान दम्पतिका लागि निःशुल्क उपचार सेवा शुरु गर्नका लागि रु.१ करोड १० लाख बजेट विनियोजन गरेकोछु ।
- प्रदेश मातहतका अस्पतालबाट गर्भवती परिक्षणका साथै १० वर्षमुनिका लक्षित वर्गका बालबालिकाहरुलाई निःशुल्क उपचारका लागि रु.४ करोड २९ लाख विनियोजन गरेकोछु ।
- वृद्धवृद्धा तथा असहायसँग स्वास्थ्य कार्यक्रम अन्तर्गत वृद्दाश्रम, मठमन्दिर, धर्मशाला, मानवसेवा आश्रम आदिमा निरन्तर आश्रित नागरिक साथै द्धन्द प्रभावित, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि रु. २ करोड २० लाख बजेट विनियोजन गरेकोछु ।
- प्रदेश तहमा विद्युतीय स्वास्थ्य सुचना प्रणाली तथा स्वास्थ्य सेवा प्रवाहमा सुशासनको प्रत्याभुतिका लागि नागरिक स्वास्थ्य सूचना सहायता प्रणाली एवं प्रादेशिक प्रेषण केन्द्र सञ्चालन गर्न रु.२ करोड ५० लाख विनियोजन गरेकोछु ।
- जनस्वास्थ्य प्रयोगशालाबाट एचआइभी, क्यान्सर, थालसेमिया, हेमोफिलिया, सिक्कल सेल एनेमिया भएका व्यक्तिहरु, जेष्ठ नागरिक, अपाङ्गता, सिमान्तकृत, अति विपन्न तथा द्वन्द प्रभावित लगायत हिंसामा परेका नागरिकहरुको प्रयोगशाला परिक्षणमा ९०% छुटको व्यबस्थापन गरिनेछ। गुणस्तरिय प्रयोगशाला सेवाका लागि कुल रु.५ करोड ४६ लाख विनियोजन गरेकोछु ।
- प्रदेशभित्रका नागरिकलाई गुणस्तरिय, सर्वसुलभ तथा अत्याधुनिक प्रविधिमैत्री स्वास्थ्य सेवा प्रदान गर्न मातहतका अस्पतालहरु साथै स्थानिय तहका स्वास्थ्य संस्थाहरुका लागि आवश्यक औजार उपकरण तथा औषधी व्यवस्थापनका लागि रु.२६ करोड ७० लाख विनियोजन गरेकोछु।
- प्रदेशभित्रका लक्षित समुहका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँचपुर्याउन घुम्ती बस मार्फत आयुर्वेद तथा होमीयोप्याथी सेवा सहितको विशेषज्ञ सेवा सञ्चालन तथा व्यवस्थापनका लागि रु.२ करोड ८० लाख विनियोजन गरेकोछु ।
- उद्योगधन्दा, कलकारखाना लगायत कार्यस्थलमा हुनसक्ने स्वास्थ्य जोखिम न्युनिकरणका लागि जनस्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गरिनेछ साथै महामारी रोकथाम नियन्त्रण, आपतकालिन स्वास्थ्य व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्य योजना, सर्भिलेन्स प्रणालीलाई सुदृढ रुपमा कार्यान्वयन गरि Anti-Microbial Resistance न्युनिकरणका लागि रु.७ करोड बजेटको व्यवस्था गरेकोछु ।
- प्रदेश तथा स्थानिय सरकारको स्वास्थ्य अधिकारको सुचीभित्र रहेका स्वास्थ्य सेवामा प्रत्येक नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार विकास तथा सुदृढिकरणका लागि रु.२५ करोड वित्तिय हस्तान्तरण गरेकोछु ।
- स्वास्थ्य सेवाको क्षेत्रमा रु. ३ अर्ब ५८ करोड विनियोजन गरेको छु ।