काठमाडौं- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओमप्रकाश भाट सरल नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
उनी प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका बचनबहादुर सिंहलाई ४७५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
२०५९ सालदेखि माओवादी आन्दोलनमा सक्रिय उनी अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसम्म भइसकेका छन्।