काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले देशभरी अस्पतालबाट उपकरणको लगत मागेका छन्। कतिपय अस्पतालमा उपकरण अभाव भएको तर कतिपयमा थन्किएको आफूले सुनेको बताउँदै विवरण मागिएको उल्लेख गरे।
स्वास्थ्य सेवा विभागमार्फत् देशभरीका अस्पताललाई पत्र काटेर उपकरणको लगत मागिएको जानकारी उनले दिए। उनले भने, 'धेरै अस्पतालमा मेसिन थन्किएका छन् । प्रयोगमा छैनन् । मुसोले घर बनाएर बसेका छन्। कति ठाउँमा एमआरआई र सिटी स्क्यान समेत चलेका छैनन्। किनकि त्यसको त्यहाँ काम छैन । यहाँ (ट्रमा सेन्टरमा) काम छ । उठाएर ल्याउँछु।'
उनले उक्त विवरणमा उपकरणको नाम, उपकरणको मोडल, खरिद मिति, वारेन्टी अवधि, खरिद मूल्य, ६ प्रयोगमा भए/नभएको जानकारी, मर्मत गर्नुपर्ने अवस्था भए/नभएको र बन्द गरिएको भए कारण खुलाएर पठाउनुपर्ने बताए।