काठमाडौं- चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिको बैठक आज शुक्रबार बस्ने भएको छ। उच्च अदालत पाटनको फैसला पछि समितिको बैठक आज बस्न लागेको हो।
राष्ट्रिय योजना आयोग सदस्य डा रामकुमार फुयालको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिको बैठक अदालतमा मुद्दा परेपछि बसेको थिएन। अदालतले प्रक्रिया अगाडि बढाउने गरी समितिकै पक्षमा आदेश दिएपछि शुक्रबारका लागि बैठक डाकिएको एक सदस्यले जानकारी दिए।
समितिमा फुयालसहित प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद रिक्त छ।
रिक्त पदमा निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा समिति गठन गरेका थिए। समितिले गत ५ मंसिरमा निर्देशकका लागि आवेदन माग गरेको थियो। जसमा २० जनाले आवेदन दिएका थिए।
आवेदन दिएकामध्ये समितिले १२ जनाको नाम प्रारम्भीक सूचीमा सार्वजनिक गरेको थियो। तर उक्त सूचीमा नाम चित्त नबुझेको भन्दै एक आवेदकले मुद्दा हालेपछि प्रक्रिया रोकिन पुगेको थियो।
यी हुन् प्रारम्भिक सूचीमा परेका १२ जना