काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।
बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।
संघीय स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५२ अर्ब ५२ करोडको बजेट सिलिङ पाएको थियो।
चालु आर्थिक वर्षमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट दिइएको छ। बजेट भाषणका क्रममा ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख भए पनि मन्त्रालयले उक्त वक्तव्यमा विनियोजित भनिएको रकमभन्दा दुई अर्ब ११ करोड रुपैयाँ बढी बजेट पाएको थियो।
चालु आर्थिक वर्षको तुलनामा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि १४ करोड बढी बजेट आएको देखिन्छ। तर संघीय स्वास्थ्य मन्त्रालयको बजेट भने घटेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट दिएको छ। तर आगामी आर्थिक वर्षका लागि भने उक्त रकमभन्दा कम ४६ अर्ब १४ करोड २३ लाख रुपैयाँ रकम विनयोजन गरेको उल्लेख छ।
अर्थमन्त्री पुनले प्रस्तुत गरेको बजेट अनुसार आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ कम बजेट पाएको छ।
आगामी आर्थिक वर्षका लागि प्रदेश तर्फ ६ अर्ब ३७ करोड ८६ लाख र स्थानीय तहका लागि ३३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ। चालु आर्थिक वर्षको तुलनामा प्रदेश र स्थानीय तहको बजेट बढेको छ। चालु आर्थिक वर्षका लागि प्रदेशमा ६ अर्ब १२ करोड ७२ लाख र स्थानीय तहका लागि ३० अर्ब १७ करोड ६५ करोड रुपैयाँ बजेट आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषय
१. आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ।स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण, औषधि र दक्ष जनशक्तिको आपूर्ति सुनिश्चिवत गरिनेछ।
२. आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चाालन गरिनेछ। निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालकोविधि तय गरी सञ्चािलन गरिनेछ। निर्माणाधीन अस्पतालको निर्माण कार्य सम्पन्न गरिनेछ।यसका लागि रु. १५ अर्ब ४१ करोड विनियोजन गरेको छु।
३. विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुारी, हेड इञ्जुरी तथा सिकलसेल एनिमियारोगमा उपचार सहुलियतकोलागि प्रति बिरामी व्यक्ति रु. एक लाख बराबरको रकम प्रदान गर्न रु. ३ अर्ब विनियोजन गरेको छु।
४. आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप रप्रजनन स्वास्थ्यसम्बन्धी सामाग्री निःशुल्क उपलब्ध गराउन रु.१ अर्ब ४३ करोड विनियोजन गरेको छु। आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि रु. ३ अर्ब ६ करोड विनियोजन गरेको छु।
५. संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चा लन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मृगौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्च बापत दिँदै आएको प्रतिव्यक्ति प्रति महिना रु. पाँच हजार सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाएको छु।यसका लागि रु.२ अर्ब विनियोजन गरेको छु।
६. परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सञ्चाोलन गरिनेछ। अटिजम,बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको विकास अवस्था र बाल मानसिक समस्याको पहिचान, निदान, उपचार तथा पुनःस्थापनामा संलग्न हुने जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ।
७. वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ। कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ।भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गरिनेछ। नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्था सँगको समन्वयमा सञ्चािलन गर्ने व्यवस्था मिलाइनेछ।
८. आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरण सम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिनेछ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिनेछ।
९. कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरार गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिनेछ। रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट छुट्टयाएको छु।
१०. सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वा्स उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
११. तीन सय शैया वा सोभन्दा बढी क्षमताका संघीय अस्पतालमा एमबिबिएस र सय शैया वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ्ग सम्बन्धी शैक्षिक कार्यक्रम क्रमशः सञ्चालन गर्दै लगिनेछ। आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्चाालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
१२. आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथी, यूनानी, अक्युपङ्चर, सोवारिग्पा लगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गरिनेछ। नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिनेछ।काठमाडौंको बुढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्मकेन्द्र भवनको निर्माण सम्पन्न गरी सञ्चाालनमा ल्याइनेछ। सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरी क्षमता विस्तार गरिनेछ।आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गरिनेछ। सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइनेछ। वैकल्पिक उपचार पद्धतिका लागि रु.२४ करोड विनियोजन गरेको छु।
१३. काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।
१४. स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छु।
१५. विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गरिनेछ। जनसाङ्ख्यिक लाभलाई राष्ट्रको समृद्धि र विकासमा उपयोग गरिनेछ।
१६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रु. ८६ अर्ब २४ करोड विनियोजन गरेको छु।