काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका राधिका थपलिया र वासुदेव उपाध्यायलाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले उनीहरुलाई उक्त जिम्मेवारीका लागि त्यहाँ पठाएको हो।
लुम्बिनी प्रदेशका सचिव ८ जनार्दन पन्थी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन्। कोशी प्रदेश सचिव रहेकी डा सुधा देवकोटा पनि फिर्ता भएकी छिन्।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रहेका मदन कोइराला पनि मन्त्रालय अन्तर्गत फर्काइएका छन्। उनको ठाउँमा मधेश प्रदेशमा सचिव रहेका अर्जुन गौतम पठाइएका छन्।