यौन जोडीबीचको सहमतिमा हुने पहिलोपटकको यौन सम्पर्कलाई यौन जोडीले यौन उत्सवका रुपमा लिनु स्वाभाविकै हो। पहिलोपटक यौन सम्पर्क गरी कुमार–कुमारीत्व तोडिँदाको क्षण व्यक्तिको जीवनभर सम्झना हुन्छ।
पुरुषले लामो समय यौन सम्पर्क तथा हस्तमैथुन नगरेको अवस्थामा लिंगको छाला पुरानो अवस्थामा आई सुर्किँदैन। त्यसैगरी महिलाले लामो समयसम्म यौन सम्पर्क नगरेको अवस्थामा योनि झिल्ली पुनः यथावस्थामा आउँछ। पहिलोपटक यौन सम्पर्क गरी लिंगको छाला र योनिको झिल्ली यथास्थितिमा आएपछि यौन सम्पर्क गरेको अवस्थालाई कुमार–कुमारी तोडिएको मानिँदैन। तसर्थ कुमार–कुमारीत्वको निर्क्योल पहिलोपटक यौन सम्पर्क गरेको छ वा छैन भन्ने कुराको आधारमा स्वयं व्यक्तिले गर्ने विषय हो। त्यसैले कुमार तथा कुमारीत्वको महत्व उमेर चढ्दै जाँदा यौन चाहना, सम्पर्क र हस्तमैथुनमा भर पर्छ।
मौसमको प्रभाव
कुमार–कुमारीत्व तोड्ने अवस्था तथा यौन सम्पर्क मौसममा पनि भर पर्छ। राति वा दिउँसोको समयमा यौन क्रियाकलाप गर्ने भन्ने विषयमा पनि व्यक्तिमा भर पर्ने गरेको देखिन्छ। त्यसैले कुमार–कुमारीत्व तोडिनुका साथै सम्पूर्ण यौन क्रियाकलापहरु मौसमअनुसार बदलिँदै जान्छन्।
अध्ययनअनुसार वर्षा र सरद ऋतुमा व्यक्तिको यौनिक क्रियाकलाप र यौन सम्पर्क बढ्ने गरेको पाइन्छ। हिउँद मौसममा घट्ने गरेको पाइन्छ। तर यस विषयमा अनुसन्धान (शोध) कर्ताको तथ्यांक निक्कै विरोधाभाष र शंकास्पद छ। ठाउँअनुसारको मौसममा पनि यौनिक क्रियाकलाप प्रभावित हुन्छ। उमेर, लिंग, जात, समाज, आर्थिक हिसाबले पनि यौनमा फरक पार्छ। यसको असर अध्ययनको तथ्यांकमा पनि पर्छ।
व्यक्तिमा यौन उत्तेजना आउनुको मुख्य कारक तत्व नै दैनिकी र मौसमअनुसार जनेन्द्रियजन्य हार्मोनको निष्कासन हो। यौन उत्तेजना तथा कामोत्तेजना आउनुमा मनोसामाजिक सिद्धान्तले पनि ठूलो प्रभाव पारेको हुन्छ।
अध्ययनअनुसार वर्षादको मौसममा ५० प्रतिशत, हिउँदमा १९ प्रतिशत, वसन्त ऋतुमामा १७ प्रतिशत र सरद ऋतुमा १४ प्रतिशतले कुमार–कुमारीत्व तोडेको पाइन्छ। यसरी हेर्दा वर्षादको मौसममा नै बढी संख्यामा व्यक्तिले पहिलोपटक यौन सम्पर्क गरेको देखिन्छ।
बिदाको उत्सव
पुरुषको अण्डाशय र महिलाको डिम्बाशयबाट निस्कने हार्मोनहरुको कारणले पनि यौन सम्पर्क तथा यौन क्रियाकलापमा प्रभाव पारेको हुन्छ। मनोवैज्ञानिक तथा मनोव्यवहारको तत्वले पनि व्यक्तिको यौन क्रियाकलापमा भर पर्छ। त्यसैले व्यक्तिको यौनिक क्रियाकलाप मौसमअनुसारको स्वभाव, क्रियाकलाप तथा जनेन्द्रियजन्य हार्मोन र मनोविज्ञानले प्रभाव पार्छ, भन्न सकिन्छ।
व्यक्तिको यौन क्रियाकलापलाई प्रभाव पार्ने अर्को कारक तत्व हो, छुट्टी। शिक्षण संस्थामा दिइने बिदा, कलेजका छुट्टी, चाडपर्वले यौनिक सोच र यौन क्रियाकलापमा भूमिका खेलेको हुन्छ। बिदाको समयमा फुर्सद हुने भएकाले व्यक्ति यौन जोडीसँग सम्पर्कमा पुगी यौन क्रियाकलाप गर्न सक्छ। शिक्षण संस्थामा छुट्टीको समयमा यौन शिक्षाका कार्यक्रम तथा परिवार नियोजनका साधनहरु प्रयोग र बिक्री–वितरणले पनि छुट्टीको समयमा कति यौन क्रियाकलाप हुन्छ भन्ने कुरा प्रस्ट हुन्छ। नेपालमा पनि भासेक्टोमी (बन्ध्याकरण) को घुम्ती बाह्रै महिना चलाइँदैन। मौसमअनुसार चलाएको देखिन्छ। नेपालमा मात्रै हैन, संसारभर वर्षे बिदा निक्कै प्रसिद्ध छ।
बिदा तथा चाडपर्वको समयमा यौन जोडीको एक आपसमा भेटघाट हुन्छ। जसका कारण यौन जोडी एक आपसमा नजिकिने मौका पाउँछन्। यौन जोडीबीच भावना आदान–प्रदान हुन्छ। बिदाको समय यौन जोडीका लागि यौनको उपयुक्त समय हो। बिदाको समयमा यौन क्रियाकलाप तथा यौन सम्पर्कमा सहभागी हुनेमध्ये कलेज पढ्ने विद्यार्थीको संख्या नै बढी भएको पाइन्छ।
व्यक्तिले यौनजोडी रोज्ने तथा यौन जोडीसँग रमाउने उपयुक्त पर्वका रुपमा फागु पूर्णिमालाई पनि लिन सकिन्छ। यस्ता बिदा, चाडपर्व तथा उत्वस यौन जोडीका लागि कुमार–कुमारीत्व तोड्ने उपयुक्त उत्सव हुन्।
साँझमा यौनानन्द
विशेषगरी यौन जोडीको यौन सम्पर्क उपयुक्त समयमा भर पर्छ। मुख्यगरी सन्ध्याकालपछि (साँझ छिपिँदै गर्दा) र बिहान उज्यालो हुनुअघि यौन क्रियाकलाप गर्न रुचाइन्छ र त्यसै समयलाई नै उपयुक्त समय मानिन्छ। बिहानको समयको तुलनामा साँझपख यौन क्रियाकलाप लिने यौन जोडीको संख्या बढी पाइन्छ। साँझको समयमा यौन सम्पर्क गरी दिनभरको तनावलाई भुल्न पनि यौन जोडीका लागि साँझको समयको यौन सम्पर्क निक्कै लाभदायक हुन्छ। बिहानको समयमा यौन सम्पर्क गर्नाले यौनजोडीको शारीरिक तथा मानसिक आनन्दानुभूति हुन्छ।
साँझमा यौनिक क्रियाकलाप बढ्नुका साथै सुतिसकेपछि पुरुषको लिंग र महिलाको योनि सक्रिय भई मस्तिष्कको यौनिक सक्रियता बढ्छ। पहिलोपटक यौन सम्पर्क गरी कुमार–कुमारीत्व तोड्दै यौनानन्दका लागि उपयुक्त यौन जोडी, उपयुक्त मौसम, उपयुक्त ठाउँ, उपयुक्त समय जस्तो वातावरण मिल्न आवश्यक हुन्छ। यौन जोडीले यौन क्रियाकलाप गरे पनि नगरे पनि एक आपसमा अभिवादन गर्ने, मौकाको लागि धन्यवाद दिने परम्पराको विकासले पनि भविष्यको निर्क्योल गर्छ।
(प्राडा दिनेश बाँस्तोलाको पुस्तक सुहागरातबाट)