अछाम- विश्व स्वास्थ्य दिवसको अवसरमा बयलापाटा अस्पतालमा सरसफाइ गरिएको छ।
७६ औँ विश्व स्वास्थ्य सेवाको अवसरमा बयालपाटा अस्पताल परिसर सरसफाई गरिएको बयालपाटा अस्पतालले जनाएको छ। दिवसको अवसरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अस्पताल परिसर सरसफाई गरेका हुन्।
बयालपाटा अस्पतालले बिगत १६ बर्ष देखि अछाम सहित सुदूर ता कर्णालीका नागरिकलाई निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नारा रहेको यस बर्षको विश्व स्वास्थ्य दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदैछ। हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस हो। सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठन को स्थापना भएको दिन र विश्वभरका मानिसहरूले सामना गरिरहेका महत्त्वपूर्ण स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउन यो दिवस मनाइन्छ।
सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो। सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
विश्व स्वास्थ्य सङ्गठनले आफ्नो स्थापनाको ७६औँ दिवस मनाउँदै स्वास्थ्यका समग्र पाटाहरूमा जनचेतना फैलाउन मेरो स्वास्थ्य मेरो अधिकार उद्देश्य सहित विश्वभरि स्वास्थ्य सेवाको पहुँचलाई विशेष पैरवी गरिँदै छ।