विराटनगर - विराटनगरमा हत्या गरिएको अवस्थामा भेटिएकी नर्स चन्द्रिकाकुमारी दासका प्रेमी पनि मृत भेटिएका छन्। विराटनगर महानगरपालिका-४ मा मृत भेटिएको २३ वर्ष नर्स दासका प्रेमी शिवशंकर दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स दासको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो। आइतबार राति उनका प्रेमीको शव भेटिएको हो।
मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार उनका प्रेमी भनिएका दास होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
जुन नर्सको हत्या गरेको कोठा नजिकै रहेको छ। सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास विराटनगर-४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्थिन्।