डा निलम ठाकुरले वीर अस्पतालमा वंशाणुगत समस्याको उपचारको सुरुवात गरेकी हुन्। वंशाणुगत रोगमा विशेषज्ञता हासिल गरेकी उनले उपचार मात्रै होइन, चेतना समेत फैलाइरहेकी छिन्। दुर्लभ रोग भनेर चिनिने ८० प्रतिशत भन्दा बढी समस्या वंशाणुगतसँग सम्बन्धित हुन्छन्। त्यसबारे चेतना, जाँच र उपचारमा सक्रिय उनीसँग डिबी खड्काले संवाद गरेका छन्।
भिडियो संवादमा वंशाणुगत रोग कसरी हुन्छ? वंशाणुगत वा दुर्लभ रोगको पहिचान र निदानमा के-कस्ता समस्या छन्? वीर अस्पतालमा आइपुग्ने बिरामी निकै ठाउँ धाएर, लक्षणगत उपचार गराएर आइपुग्ने गर्छन्। बिरामीहरु वीरमा आइपुगेपछि निदान गर्ने सुविधा छ त? स्रोतसाधनको अभावमा बिरामीलाई सेवा दिन नसक्दा कस्तो महशुस हुन्छ? वंशाणुगत विषयमा विशेषज्ञता गर्ने चिकित्सक किन कम छन् र यसमा किन रुचि नबढेको होला? बच्चा नबस्ने गर्भपात हुने र समस्यासहित जन्मिने कुरा वंशाणुगत रहेछन् । यो देशमा जन्मिने मान्छे जेनेटिक रोग रहित जन्मियोस् भन्नका लागि पनि यो रोगमा बढी कुरा गर्न जरुरी होला नि? लगायतका विषयका कुराकानी गरिएको छ।
यसका साथै उपचार भन्दा प्रिभेन्टिभ जरुरी छ । कतिपयमा विवाह भन्दा पनि पहिले जानकारी दिनुपर्छ । कसरी काम गर्नुपर्छ? वंशाणुगत तथा दुर्लभ रोगबार कसरी चेतना जगाउने? विषयमा पनि डा ठाकुरसँग कुराकानी भएको छ। यी प्रश्नको डा ठाकुरले दिएको जवाफ सुन्न भिडियो हेरौं।
हेरौं भिडियो: