धनगढी- धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।
उपमहानगरले भवन भुकम्परहित नभएकाे भन्दै पटक-पटक सञ्चालन अनुमति राेक्दै गरेकाे भएपनि अन्तत एक महिनाअघि सञ्चालन अनुमति दिएकाे पाइएकाे हाे।
सञ्चालन अनुमति पाएसँगै अस्पतालले ओपिडी, विशेषज्ञ, आक्समिक, फार्मेसी, प्रयाेगशाला, वार्ड भर्ना, डेन्टल लगायतका सेवा सुरू गरेकाे अस्पतालका अध्यक्ष दुश्यान्त बस्नेतले बताए।
गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन दुई वर्षअघि सञ्चालनमा ल्याइएकाे अस्पतालले यहि फागुन १४ गते उपमहानगरबाट १५ शय्या अस्पताल सञ्चालन गर्न अनुमति पाएकाे उनकाे भनाइ छ।
यसअघि सञ्जिवनि अस्पताल सेती प्रादेशिक अस्पताल नजिक रहेकाे भन्दै सञ्चालन अनुमति उपमहानगरले दिएकाे थिएन। अस्पताल स्थानान्तरणपछि भवन मापदण्ड नभएकाे भन्दै सञ्चालन अनुमति राेकेकाे थियाे।
सञ्चालन अनुमति नपाएपछि सञ्जिवनीले स्वास्थ्य कार्यालयबाट प्याथाेलाेजी सञ्चालन गर्न अनुमति लिएकाे थियाे।
अहिले भवनलाई रेट्राेफिटिङ गरिने सहमतिपछि उपमहानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र खातिकाे हष्ताक्षरमा सञ्चालन अनुमति दिएकाे छ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिका स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षको लागि १५ शय्याको अस्पताल सञ्चालनको इजाजत दिइएको छ।
उपमहानगरपालिकाले बहिरंग, आकस्मिक, अन्तरंग, निदानात्मक, फार्मेसी, प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा सञ्चालन गर्नका लागि सञ्जिवनीलाई इजाजत प्रदान गरेकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत खातिले बताए।
उपमहानगरपालिकाले भवनलाइ भुकम्परहित बनाउन अनुमति पत्रमा सुझाव दिइएकाे छ। साथै विपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग लगायतका बिरामीलाई विशेष छुटका साथ उपचार गराउन उल्लेख छ।
धनगढीले सञ्जिवनीलाई सञ्चालन अनुमति दिएपनि कार्यपालिका बैठकमा यस विषयमा कुनै निर्णय भएकाे छैन। नगर प्रमुख गाेपाल हमालकाे एकल निर्णयले साे अस्पताललाइ सञ्चालन अनुमति दिइएकाे जनाइएकाे छ।