काठमाडौं- पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन्। नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्।
परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल तर्फ परीक्षामा सहभागि भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन्।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना (६०.२२ प्रतिशत उत्तीर्ण भएका छन्। दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ।
परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो।