नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा यही फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ। एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन्। एक्स्पो सम्बन्धका एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठसँग गरिएको कुराकानीः
नेपालका औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको गुणस्तर कस्तो छ?
नेपालका औषधिका गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको रहेको छ। विश्व स्वास्थ्य संगठनको जिएमपीको मापदण्डमा नै हामी नेपालका औषधि उद्योग रहेका छौ। गुणस्तरमा हामीले केही पनि कमी गरेको जस्तो लाग्दैन। अहिले औषधि व्यवस्था विभागले अनुमतिपत्र दिंदा नै गुणस्तरलाई कडाई गरेको हुन्छ। जसले गर्दा नेपाली औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ नै छैन।
पहिले उद्योगहरुले गुणस्तरमा धेरै लगानी गर्दैनथे भने अहिले नयाँ–नयाँ फर्मास्युटिकल कम्पनीले गुणस्तरमा ध्यान दिएको पाइन्छ। तिनीहरुले गुणस्तरमा पनि लगानी गरिरहेकका छन्। विश्वमा पोष्ट कोभिड–१९ मा धेरै मानिसहरु मरे। तर नेपालमा कम क्षति भयो। त्यसबाट पनि गुणस्तर नाप्न सकिन्छ।
विश्वको तुलनामा नेपालका औषधि कस्तो छ?
विश्वको तुलनामा हामी अझै जान सकेका छैनौं। भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो। भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बलबुताले औषधि उत्पादन गरिरहेका छौं। हामीलाई कतै सहयोग छैन। तैपनी हामी औषधिको गुणस्तरमा कम्परमाइज गरेका छैनौ, भारतमा विदेशी लगानी, प्रविधि हस्तान्तरण भएको छ। हामी अन्तर्राष्टि«य स्तरमा पुग्न समय लाग्छ।
त्यसो हो भने, विश्व स्वास्थ्य संगठनका मापदण्डमा नेपाली औषधि पुगेको छ त?
विश्व स्वास्थ्य संगठन (डब्लुएचो) को मापदण्ड हाम्रा नेपाली औषधि उद्योगबाट उत्पादन हुने औषधि पूरा गरेका छन्। डब्लुएचो जिएमपी पुरानो उद्योग पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय औषधि उत्पादन गर्न लागिरहेका छन्। हामीले विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदण्डमा भने हामी पुगेका छौं।
औषधि गुणस्तर बनाउन के–के कुरामा ध्यान दिनुपर्दछ?
औषधिको गुणस्तर बनाउनका लागि कच्चा पदार्थदेखि प्रविधिसम्मका कुरालाई ध्यान दिनुपर्दछ। औषधि बनाउन प्रयोगात्मक, जिएमपीलाई कुन तहमा प्रयोग गरिरहेका छौ, त्यसमा पनि औषधिको गुणस्तर भर पर्दछ। कच्चा पदार्थमा विश्लेषण गर्दा प्राविधिकले कस्तो गरेको छ त्यो कुरा पनि हेर्न सकिन्छ। औषधिमा ०.५ ले पास फेल भन्न सकिन्छ। औषधि जस्तो संवेदनशील कुरामा टेक्निकल मेनपावर पनि अनुभवी चाहिन्छ। भारत अहिलेको पनि विश्वको तुलनामा प्रविधि र रिसर्चमा पुगेको छैन। हामी भारत जस्तै हो। भारत भन्दा कम छैनौ। औषधिमा सचेतना आयो भने हामी अन्तर्राष्ट्रिय स्तरमा पुग्दछौ।
औषधि उद्योगमा राम्रो जनशक्ति पाउन कतिको सजिलो रहेको छ?
अहिले औषधि उद्योगका लागि दक्ष जनशक्ति नै पाउन समस्या छ। मुख्य कुरा मानिसहरु कम्पनीमा एक बर्ष काम गर्छ अनि ऊ अर्को राम्रो ठाउँ पायो भने जान्छ। हामीसँग १२ कलेज औषधि विषय पठाउने रहेको छन्। अहिले फार्मेसी पढेर दक्षजनशक्ति रोजगारीका लागि बाहिरी मुलुक जाने ट्रेन बढी छ। त्यसैले दक्ष जनशक्ति छैनन। पढेर निस्केपछि उनीहरुमा प्रयोगात्मक अभ्यास केही हुँदैन।
उनीहरु फर्मास्युटिकल्समा जागिर गर्न थालेपछि हामीले तालिम दिदै लैजान्छौ र दुई बर्षमा मेसिन हेण्डल गर्न सक्ने भएर ऊ प्रफेक्ट हुन्छ। जव ऊ एउटा राम्रो जनशक्तिको रुपमा विकास भइसकेपछि उसले जागिर छाड्ने गर्दछ। यो दुःखको कुरा हो। फेरि अर्को मानिस ल्याउनुपर्ने हुन्छ। दक्ष जनशक्ति नभएर हामीलाई समस्या भएको छ। मानिसलाई तालिम मात्र दिए जस्तो भइरहेको छ। देशको स्थितिले गर्दा फार्मेसीका दक्षजनशक्ति स्थिर छैनन्। उनीहरु राम्रो अवसर पाउन साथ बाहिर मुलुकमा रोजगारीका लागि जाने गर्दछन्।
औषधिको गुणस्तर बढाउने सरकारले के गर्नुपर्दछ?
हामीलाई चाहिने औषधि एकदमै कम छ। भारतमा कुनै पनि चिज निर्यात गरेपछि आयात गर्न पाइदैन भन्ने कानून रहेको छ। नेपालमा पनि उत्पादन भएका औषधि बाहिरबाट खरिद नगर्ने हो र हामीलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार औषधि उत्पादन गर्न भने हामी तयार छौ। अर्को बोर्डरमा औषधिका कच्चा पदार्थ त्यतिकै खोलिदिन्छ। औषधि एउटा निश्चित तापक्रममा खोल्नुपर्ने हुन्छ। पारवहनबाट औषधिका समान आउँदा कहिले फुटेर, कहिले प्वाल पारेर आएको हुन्छ।
स्थानीय उद्योगलाई कतिको प्रवद्र्धन गर्न सकिन्छ सरकारले त्यसमा ध्यान दिनुपर्दछ। सरकारले सकेसम्म नेपाली औषधि नै खरिद गर्नुपर्दछ। बरु औषधिको गुणस्तरमा कसोस्, सरकारले यहि यस्तै चाहिन्छ भनेर भनोस् हामी दिन्छौ। पारासिटामोल दुई सय रुपैयाँ प्रतिकेजी पनि आउँछ। नौ सय रुपियाँ प्रतिकेजी पनि आउँछ। दुई सय रुपियाँको पारासिटामोलको गुणस्तर नौ सय रुयियासँग दाँज्न मिल्दैन