म अहिले एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विधार्थी हुँ। २९ औ नेपाल मेडिकल एशोसिएसन कन्फरेन्स २ देखि ४ मार्च सन् २०२३ मा विराट मेडिकल कलेज, विराटनगरमा आयोजना भएको थियो। यो कार्यक्रम हरेक तीन वर्षमा नेपाल चिकितसक संघद्धारा आयोजना गरिन्छ। त्यस कार्यक्रममा मैले पनि कार्यपत्र प्रस्तुत गर्ने सुनौलो अबसर प्राप्त गरेको थिएँ। सो तीन दिने कार्यक्रममा यस प्रकारको अनुभव प्रस्तुत गरेको छु।
पहिलो दिनः नेपाल चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरुलाई पदभार हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। त्यसै गरि विभिन्न वैज्ञानिक सेसनहरु, पोष्टर प्रस्तुती लगायतका विभन्न कार्यहरु गरि सम्पन्न भयो।
दोश्रो दिनः यो दिन खास गरि मेरो लागि अत महत्वको दिनको रुपमा थियो किनभने यो महत्वपूर्ण अवसर प्राप्तीको लागि करिब चार वर्ष अगाडि देखि नै यात्रा प्रारम्भ गरेको थिएँ। मलाई विद्यालय स्तरमा अध्ययन गर्दा खेरि नै विज्ञान विषयमा विशेष रुची थियो। हरेक परीक्षामा राम्रो अंक सहित उत्तिर्ण हुन्थेँ। जीवनमा हाल सम्म कुनै पनि परीक्षा तथा बिषयमा अनुत्तिर्णको रेकर्ड छैन अर्थात पढाइमा अब्बल नै थिएँ। यस कारण एस.एल.सी. परीक्षा जेम्स स्कूल, ललितपुरबाट उत्तिर्ण पश्चात प्लस टु अर्थात ११ र १२ कक्षामा विज्ञान विषय नै लिएँ।
कक्षा १२ मा अध्ययन गर्ने सिलसिलामा मानव शरीर प्रणाली अध्ययन गर्ने सन्दर्भमा मानव शरीर कसरी चलिरहेको छ, मुटु कसरी चल्छ तथा मानवको दिमाग कसरी संचालित हुन्छ आदि बारे जानकारी लिन विशेष रुची हुन थाल्यो अर्थात मानव शरीर बारे जान्न र बुझन झन जिज्ञासा बढ्न थाल्यो। शायद त्यति खेर नै जीवनको मूल विषयको अध्ययन र उदेश्य एम.बि.बि.एस.नै हुनुपर्ने रहेछ र भावीले पनि यतै तिर डोर्याएको रहेछ भनेर मनमनै कल्पना गरिसकेको थिए तर निश्चित भैसकेको थिएन। मेरो बा र आमा दुइटै निजामति सेवामा अधिकृत स्तर पदमा सेवारत रहँदा पनि मलाई डाक्टर वा इन्जिनियर बन्ने दबाब कहिले आएन। म यसमा भाग्यमानी आफुलाई ठान्दछु। बा र आमाले जहिले पनि रुचीको विषय पढ तर त्यो विषयमा राम्रो गर। कमाण्डका साथ अध्ययन गर्छौ भन्ने भविष्य उज्वल छ भनेर बेला बेलामा उत्पे्ररण दिइरहनुहुन्थ्यो।
यो कुराबाट ज्यादै नै उत्साहित हुन्थेँ। प्लस टु अर्थात ११ र १२ कक्षाको परीक्षा नियमित रुपमै राम्रो अंकका साथ उत्तिर्ण भए। त्यसपछि स्नातक मेडिकल प्रबेश परीक्षाको तयारीमा लागेँ। प्रवेश परीक्षा पास गरेँ र यसैबाट मेरो जीवनको यात्राको सुरुवात भइसकेको थियो। एम.बि.बि.एस. प्रथम वर्षमा अध्ययन थाल्दा नै मेडिकल अनुसन्धान शब्द पनि सुनियो र यो कसरी गर्ने, किन गर्ने, यो के हो आदि बारे थाह थिएन। यसरी पहिलो र दोश्रो वर्ष सजिर्लै तरिकाले अध्ययन गरि परीक्ष पनि पास गरेँ। दोश्रो वर्षको परीक्षा सके पछि खाली समयमा मेडिकल अनुसन्धान बारे बुझन र सिक्न मन लाग्यो। त्यति खेर नै नेपाल चिकित्सक संघको आयोजनामा एक महिने तालिममा भाग लिन निवेदन माग गरेको थियो।
८० जनाले आवेदन दिएको थियो। तर छनौट गर्दा जम्मा अठार जना मात्र परे। त्यस भित्र म पनि छनौट भई सो एक महिने तालिमामा सहभागी हुने अवसर प्राप्त गरे। यो एक महिने तालिमले अनुसन्धानको बारेमा विस्तृत जानकारीको साथसाथै जीवन जिउने कला, चिकित्सा सेवा क्षेत्रमा नै आफनो भविष्य कसरी अगाडी बढाउने र जीवनमा हरेक दृष्टिकोणले कसरी काम गर्ने आत्मबोध भयो। सो तालिमबाट सिकेका सीपलाई अगाडि बढाउने प्रयास स्वरुप पहिलो वैज्ञानिक कार्यपत्र लेख्न पे्ररणा प्राप्त गरेँ। एमबिबिएस अध्ययनको पहिलो र दोश्रो वर्षमा हाँसिल गरेका अनुभव बारेमा एउटा लेख लेखेँ र नेपाल चिकित्सक संघको सन् २०२२ को जनवरी महिनामा प्रकाशित जर्नलमा पहिलो लेख प्रकाशन भयो।
यसबाट उत्साहित हुँदै फेरि जर्नल “Internation Journal of Surgery Case Report” सन् २०२२ को जुन ३० मा केश अध्ययनको प्र्रतिवेदन लेखन कार्यको साथै अनुसन्धानको कार्यमा क्रमशः सानो पाइला अगाडी बढाउने कार्य गरेँ। यसै क्रममा सन् २०२३ मा नेपाल चिकित्सक संघद्धारा संचालन हुने २९ औं कन्फरेन्समा कार्यपत्र प्रसतुत गर्ने अवसर प्राप्त गरेँ। सो कार्यपत्र प्रस्तुत गर्ने सवैभन्दा कम उमेरको प्रस्तुतकर्ता थिएँ।
त्यहाँ मैले सिनियर डेलिगेटस, डाक्टर तथा कार्यपत्र प्रस्तुतकर्ताबाट प्रोत्साहित भएँ। सोहिबाट अहिले सम्मको यात्रामा थप उर्जा प्राप्त गरिरहेकी छु। चिकित्सा सेवा क्षेत्रमा अध्ययन कार्य जहिले पनि निरन्तर रहिरह्न्छ। चिकित्सा सेवा क्षेत्रमा दैनिकी अध्ययन गर्दै विरामीको उपचार गर्दे आफनो सीपको योगदान गर्दे अगाडी बढनु पर्दछ। प्रत्येक दिन यो सेवामा लागेकाहरुको लागि उएटा नयाँ सिकाई हुँदै जान्छ। जीवनमा अवसर त्यतिकै आउँदैन यसलाई समय व्यबस्थापन तथा कलाको माधयमबाट सदुपयोग गरि अगाडी बढदै जानु नै हो । आफनो कठोर परिश्रम, कडा अनुशासन, अनवरत अध्ययनको माध्यमबाट जीवनको लक्ष्य सम्म पुग्न अवश्य सकिन्छ।