भेरिकोज भेन भन्नाले कुनै पनि स्थानमा भएका रगतका नलिहरुको (भेन) वाल र भल्भहरुमा खराबी भएर उक्त रगतको नशाहरु सुन्निने दुख्ने र गुजुल्टो पर्ने रोग हो। कमजोर र खराब भएका रक्तनलीका भल्भ मार्फत उक्त स्थानमा रगतको प्रवाह सहि तवरबाट हुन सक्दैन र परिणाम स्वरुप त्यस स्थानको रगतका नलिहरु बिस्तारै फुल्दै सुन्निदै जान्छन्। रगत प्रवाह सहि तवरले नहुँदा कतिपय अवस्थामा साना तथा मझौला रगतका क्लटहरु पनि उक्त रगतको नलि भित्र जम्मा हुँदै जान्छ।
भेरिकोज भेनको जोखिममा विशेष रुपमा महिलाहरु, लामो समयसम्म गर्भनिरोधक हर्मोनहरु प्रयोग गर्ने महिलाहरु, गर्भवती अवस्थामा, वृद्ध अवस्थाका व्यक्तिहरु, मोटोपनबाट ग्रसित व्यक्तिहरु, वंशानुगत, धेरै समय उभिएर काम गर्नु पर्ने व्यक्तिहरुमा (जस्तै प्रहरी, ट्राफिक, सेक्युरिटी गार्ड) , रगत नलिको औषधि सेवन गर्ने बिरामी हरु पर्दछन्। भेरिकोज भेन एक्कासी उत्पन्न नभई लगातार जोखिम समुहमा रहेका व्यक्तिहरुले जोखिमपूर्ण काम गरिरहेको अवस्थामा वा जोखिम न्युनिकरणका उपायहरू नअपनाऊदा बिस्तारै यसको लक्षणहरु बढ्दै जाने हुन्छ।
भेरिकोज भेनको जोखिम न्युनिकरण रोकथाम एवं उपद्रब (कम्पलिकेसन) हुन नदिनका लागि जिवनशैलि परिवर्तन गर्नुपर्दछ। सही तरिकाको तौल बिएमआई अनुसार राख्नुपर्दछ। नियमितरूपमा शारीरिक ब्यायाम गर्ने। धेरै समय उभिएर काम गर्नुपर्ने अवस्थाका व्यक्ति हरुले समय समयमा आराम गरेर काम गर्ने वा कार्य अवधि न्युनिकरण गर्ने। अग्लो हिल भएको जुत्ता नलगाऊने। धुम्रपान त्याग गर्ने। साथै भेरिकोज भेनका लागि लगाऊनका लागि स्टकिन्ङ्गसहरु पनि पाइन्छ स्टकिन्ङ्गस लगाऊदा अल्पकालिन रुपमा भेरिकोज भेनको लक्षणहरु कम हुन्छन्।
भेरिकोज भेन रोगका लागि जलौका (मेडिसिनल लिच थेरापी) अत्यन्त प्रभावकारी उपचार हो। रगत प्रवाहमा भएको अवरोध कम गर्न भेरिकोज भएको स्थानमा जुकाको मद्दतले रगत निकालिदिँदा रगत प्रवाह उचित तवरबाट हुन थाल्दछ। लिच अर्थात जुकाले रगत चुस्ने क्रममा बीस प्रकारका भन्दा बढी बायोएक्टिभ इन्जाइम एन्टिक्वागुलेन्ट एन्टिइन्फ्लामेटरी एजेन्टसहरु (एन्टिस्टासिन, सारडिन, इग्लिन, हिरुडिन गऊमेरिन आदि) टोकेको स्थानमा छाड्ने गर्दछन्। फलस्वरुप दिर्घकालिन रुपमा उक्त स्थानमा भएका रगतका क्लटहरु हट्दछन्। रगतनलिको भल्भ र वालका खराबीहरु पनि कम हुँदै जान्छ। जलौका लगाएको स्थानमा माईक्रोसर्कुलेसन बढ्ने र सेता रक्तकोशहरु बढी आएर फ्यागोसाइटोसिस प्रक्रिया अधिक हुने गर्दछ।
जलौका चिकित्साको वर्णन हाम्रो पुर्वीय प्राचीन चिकित्सा पद्धतिमा मात्रै नभई विभिन्न देशहरुका प्राचीन तथा आधुनिक चिकित्सा पद्धतिमा उपचारका लागि उपयोग भएको पाईन्छ। अझ आधुनिक चिकित्सा पद्धतिमा मेडिसिनल चिकित्सा पद्धतिलाई बैज्ञानिक एवम् रिसर्चका आधारमा अपनाईएको छ। यस लेखमा दिइएको तथ्य पनि लामो समयको मेडिसिनल लिच थेरापीको अनुभव र अध्ययनका आधारमा प्रस्तुत गरिएको हो।
मेडिसिनल लिच थेरापी भेरिकोज भेनका लागि गर्दा जटिलता अनुसार दुई देखि पाँच दिन सम्म लगातार गराउनुपर्दछ। एकपटकको जलौका सेसन लगभग दुई घण्टाको हुने गर्दछ । जलौका चिकित्सा अत्यन्त प्रभावकारी एवम् सुरक्षित उपचार पद्धति हो। आयुर्वेद चिकित्सकको रहोबरमा रहेर शास्त्रीय बिधि अनुसार लिच थेरापी गराऊदा भेरिकोज भेन बाट छुटकारा पाऊन सकिनुका साथै यसका कम्प्लिकेसन बाट पनि बच्न सकिन्छ।