काठमाडौं- ‘ट्रु–मी’ डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्रीका सामाग्री करिब १२ वर्षदेखि बजारीकरण गर्दै आएको ट्रु डर्मा एसए प्रालिले ‘पार्लर रेञ्ज’ मा ल्याएको ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण सुरु गरेको छ।
नायिका केकी अधिकारीको प्रमुख आतिथ्यमा ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण सुरु गरिएको हो। नायिका अधिकारीले ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू आफूले प्रयोग गर्दै आएको र यसले निकै राम्रो गरेको अनुभव सुनाइन्।
सो अवसरमा ६ लाख रुपियाँ मूल्य बराबरको ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू बिक्री गर्ने २५ जना बिक्रेताहरुलाई ५ दिनको थायल्याण्ड भ्रमण प्याकेज प्रदान गरिएको थियो।
अमेरिकन प्रविधिमा आधारित ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियल लगायतका रेञ्जमा उपलब्ध छन्।
नेपाली बजारमा आधिकारिक रूपमा १७ किसिमका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध रहेका छन्। जसअन्तर्गत केराटिन, हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, केराटिन हेयर स्ट्रेटिङ, हेयर ब्लिच पाउडर, डेभलपर, हेयर ट्रिटमेन्ट लगायतका सौन्दर्य प्रसाधन छन्। ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त भएको दावीे कम्पनीको छ।