काठमाडौं– चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।
चिकित्सा शिक्षा आयोगले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले माग गरेबमोजिम विद्यार्थी पठाउन आवेदन माग गरेको हो।
विभिन्न ९ विषयमा गरी १२ जनालाई छात्रवृत्तिमा अध्ययनका लागि चीन पठाउन लागिएको छ।