काठमाडौं– नेपालमा अन्तर्राष्ट्रिय स्तरको भास्कुलर सम्मेलन हुने भएको छ। नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा माघ ४ देखि ६ सम्म काठमाडौंमा ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ हुँदै छ।
आयोजक समितिका अध्यक्ष एवं वरिष्ठ भास्कुलर सर्जन डा सन्दीपराज पाण्डेले तयारी अन्तिम चरणमा पुगेको बताए। उनले सम्मेलनमा ४० भन्दा बढी देशबाट भास्कुलर संकायसँग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरु प्रत्यक्ष र भर्च्युअल समेत गरी १०० बढी देशबाट सहभागी हुने बताए।
सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३५० बढी प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता हुने र त्यसमा ४० बढी देशबाट १२० भन्दा बढी विज्ञ चिकित्सकको प्रत्यक्ष सहभागिता हुने उनले बताए।
डा पाण्डेले सम्मेलनमा भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरुको सहभागिता हुने बताए।
सम्मेलन व्यवस्थापनको जिम्मा लिएको इभेन्टिक नेपालका पेशल भट्टराईले यो सम्मेलनले नेपालमा मेडिकल टुरिजमका लागि इट्टा थप्ने बताए