काठमाडौं- नेपाल फार्मेसी परिषद्ले गत शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
परीषद्का अनुसार परीक्षामा १ हजार ५०५ जनाले सहभागिता जनाएका थिए। तीमध्ये ८३१ जना (५५.३१ प्रतिशत) उत्तीर्ण भएका हुन्।
परिषद्ले लिएको यो २४ औँ नाम दर्ता परीक्षा हो।