काठमाडौं- औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मुल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विधागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो।
यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु रहेका छन्।
औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने महानिर्देशक ढकालले जानकारी दिए।
'पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो। औषधि सल्लाहाकार समितिको बैठकमा यसबारे थप निर्णय हुन्छ। समितिको बैठकमा यो पनि एउटा अजेन्डा बन्छ।' महानिर्देशक ढकालले भने।
साथै औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्रि वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।