अछाम- नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अछामस्थित बयालपाटा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा गर्व गर्न लायक रहेको बताएका छन्।
पार्टीको कामको सिलसिलामा अछाम पुगेका शर्माले गैर सरकारी संस्थाले सरकार र दातृ निकायसँग मिलेर दिइरहेको निशुल्क स्वास्थ्य सेवा सरकारले नै सिक्नुपर्ने खालको रहेको बताएका हुन्।
प्रतिनिधी सभा सदस्य समेत रहेका नेता शर्माले बयालपाटा अस्पतालको अवलोकन भम्रण पश्चात बोल्दै अस्पतालले प्रदान गरिरहेको निशुल्क स्वास्थ्य सेवाबाट आफूलाई समेत सिक्ने अवसर मिलेको बताए।
अस्पतालले दुर्गम क्षेत्रका जनतालाई दिइहरेको विशेषज्ञ सहितको स्वास्थ्य सेवाको उनले प्रशंसा गर्दै यसको दीर्घकालिन व्यवस्थापनका लागि प्रदेशले भुमिका निर्वाह गर्नुपर्ने र संघीय सरकारले त्यसमा सहयोग गर्नुपर्ने बताए।
अस्पतालको आर्थिक लगायतको व्यवस्थापनका लागि संघीय सरकारमा समेत पहल गर्ने उनको भनाई थियो। यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले समेत अस्पतालको अवलोकन गरेका थिए।