काठमाडौं- मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि वैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही दशकदेखि वैज्ञानिक मानव शरीरका संरचना बुझ्न नक्सा बनाइरहेका छन्।
मानव जीन कसरी काम गर्छ?
यो बुझ्नका लागि सन् १९९० मा ६ देशका वैज्ञानिकले मानव जीनोम प्रोजेक्ट सुरु गरेका थिए। लगभग १० वर्षमा उनीहरुले मानव शरीरको जीनको संरचना र क्रोमोजोम्सको नक्सा बनाइदिए। यो क्रान्तिकारी उपलब्धी थियो। किनकी यस जानकारीको प्रयोग संसारकै चिकित्सा क्षेत्रले गर्न थाल्यो।
जिनोम प्रोजेक्ट एउटा सुरुवात थियो। शरीरमा जे पनि हुन्छ, त्यो कोशिका अर्थात् सेलको संरचनामा निर्भर रहने गर्छ। यो कसरी बन्छ र कसरी काम गर्छ? यो विज्ञानका लागि एक पहेलीका रुपमा रहेको छ।
त्यसैले ह्युमन सेल एटलस (मानव कोशिकाको नक्सा)का बारेमा बुझ्ने कोशिस वैज्ञानिकहरुले गरिरहेका छन्। मानव कोशिकाको नक्सा बनाउन पहिले यसबारे जान्नु जरुरी हुन्छ।
सन् २०१६ मा सुरु भएको ह्युमन सेल एटलस प्रोजेक्टका सहअध्यक्ष अवीव रेगवे छन्। उनी भन्छन्, 'सेल जीवनको सवैभन्दा सानो स्वरुप हो। यसभित्री हाम्रो जेनेटिक कोड हुन्छ। सेल यस डिएनएको सक्रिय बनाएर मोलिक्युल बनाउन सहयोग गर्छ।' हरेक कोशिकामा फरक किसिमको जीन हुन्छ। जसले कोशिकालाई के गर्ने भनेर बताउँछ।
जब कोशिकाले सही तरिकाले काम गर्छ, हामी स्वस्थ रहन्छ। यदि जीनले कोशिकालाई गलत निर्देशन दिन थाले भने हामी बिरामी पर्छौं।
एउटा त्यस्तो कोशिका हुन्छ, जसबाट सिस्टिक फायब्रोसिस हुन्छ। यो वंशाणुगत रोग हो, जसले फोक्सो र पाचन प्रणालीमा समस्या पैदा गर्छ। जुन जीनका कारण यो रोग हुन्छ, त्यसको पहिचान ३० वर्षअघि नै गरिएको थियो। तर, यो जीनले गतल निर्देशन दिएपछि कुन सेल सही तरिकाले काम गर्न सक्दैन भन्ने पत्ता लगाउन समय लाग्यो। सन् २०१८ मा अत्याधुनिक प्रविधिको सहायतामा रेगेवसहित केही वैज्ञानिकले उक्त कोशिकाबारे पत्ता लगाइछाडे।
'कल्पना गर्नुहोस्- तपाईंको घरमा धेरै किसिमका फल छन्। सवै अनार, स्याउ वा केरा एकै खालका हुन्छन्? हुँदैनन्। त्यस्तै सेल पनि एकैप्रकारका हुँदैनन्,' उनी भन्छन्, 'जाँचबाट हामीले सवै प्रकारका सेल एकै ठाउँ राखेर परीक्षण गर्यौं। प्रस्ट चित्र आएन। किनकि शरीमार लाखौं, अरबौं सेल हुन्छन्।' सबै फललाई एकै ठाउँ राखेर पिसेपछि फरक छुट्याउन सकिदैन। तर, अहिलेको प्रविधिको मद्दतबाट सवै सेल फरक-फरक रुपमा देख्न सकिने उनी बताउँछन्। सेलले एक जिन म्युटेसनका कारण काम सही रुपमा गर्दैन भने दोस्रो भाइरसका कारण हुन्छ।
सेलले गलत तरिकाले काम गर्दा के हुन्छ?
रेगेव भन्छन्, 'बिराम हुन्छ। कस्तो बिराम हुन्छ भन्ने चाहिँ त्यसमा निर्भर गर्छ, कुन सेलले गलत तरिकारले काम गरिरहेको छ। सेल धेरै संख्यामा अनियन्त्रित रुपमा बाँडिन थालेमा क्यान्सर हुन्छ। यही कारण विभिन्न प्रकारका ट्युमर हुन्छन्।'
कुन बिराम हुन सक्छ, त्यो कुन सेलले गलत काम गरिरहेको छ भन्नेमा समेत निर्भर हुन्छ। त्यसैले उपचारका लागि सेलका बारेमा जान्नु जरुरी हुन्छ। यही कारणले महत्वाकांक्षी प्रोजेक्ट ह्युमन सेल एटलस अघि बढेको हो।
सैरा टाइकम्यान ह्युमन सेल एटलस प्रोजेक्टकी अर्की सह-संस्थापक हुन्। उनले बीबीसीसँग ह्युमन सेल प्रोजेक्ट सुरु गर्नुको कारण बताएकी छिन्। उनी भन्छिन्, 'हामीलाई मानव शरीरमा रहेका सवै सेलको नक्साको जरुरी छ। ताकि हामी शरीरको भित्री भागबारे राम्रोसँग जान्न सकौं। यसबाट हामीलाई रोगको कारण जान्न र त्यसको उपचार गर्न मद्दत मिल्छ। यो हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी सावित समेत हुनेछ।'
ह्युमन सेल एटलस एक प्रकारले शरीरको गुगल म्यापको रुपमा बुझ्न सकिने उनी बताउँछिन्। यसबाट रोगको उपचारको नयाँ तरिकाका साथै नयाँ औषधी बनाउन सहयोग मिल्ने उनले बताइन्। आधुनिक प्रविधिको सहयोगमा शक्तिशाली माइक्रोस्कोप बनिसकेको बताउँदै त्यसको माध्यमबाट सेल र मलिक्युल देख्न सकिने उनको भनाइ छ। उक्त जानकारीलाई शक्तिशाली कम्प्युटरका माध्यमबाट प्रेस गर्न सकिने बताइन्।
कोभिड महामारी नियन्त्रणका लागि यसअघि नै प्रयोग गरिसकेको उनले जानकारी दिइन्। यसैको माध्यमबाट वैज्ञानिकले कोरोना भाइरस आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्ने पत्ता लगाएका हुन्।
यही जानकारीले सार्वजनिक स्वास्थ्य नीति प्रभाव भएर मास्क पहिरिन निर्देशन जारी भएको हो। यो एउटा झलक मात्रै भएको बताउँदै मानव शरीरका सवै कोशिकाको नक्सा भएमा निकै लाभदायी हुने उनको दाबी छ।
शक्तिहाली माइक्रोस्कोपको माध्यमबाट शरीर कुन-कुन तत्वले बनेको छ, त्यो समेत यो एटलसबाट बुझ्न सकिने उनले बताइन्।
फाइदा के हुन्छ?
ह्युमन सेल एटलस प्रोजेक्टको मद्दतबाट मानव शरीरमा मौजुद सवै कोशिकाको नक्सा बन्नेछ। जसबाट डाक्टरले स्वस्थ कोशिका कस्तो देखिन्छ भन्ने जान्नेछन्।
स्ट्यानफर्ड युनिभर्सिटीका प्याथोलोजी तथा इम्युनोलोजीका प्रोफेसर शान र्यान्डले ह्युमन सेल एटलस कस्तो देखिन्छ भन्ने बारे जानकारी दिएका छन्। उनी भन्छन्, 'यसमा मानव शरीरका सवै अंग चित्रित हुनेछन्। जसमा कुनैमा क्लिक गरेर त्यसकभित्र जान सकिनेछ।'
त्यसमा टिस्युको तस्विर देख्न सकिने उनले बताए। त्यसमा यस्तो तस्विर पनि हुनेछ, जसले स्वस्थ हुँदा कस्तो देखिन्छ भन्ने प्रस्ट पार्नेछ। यो गुगल म्याप जस्तै वा विशाल डिक्सनरी जस्तै हुने उनको भनाइ छ। यसको सहयोगले भिन्न कोशिकाको नमूनासँग तुलना गर्न सकिने हुन्छ। यसरी हेर्दा यही जानकारीको सहयोगमा चिकित्सक चाँडो भन्दा चाँडो रोग पत्त लगाउनेछन्।
यस एटलसमा उपलब्ध डाटाबेसको सवैभन्दा बढी फाइदा बिरामको गलत अनुमान वा निदान हुनेछैन। शान र्यान्डल हेपाटाइटिसलाई उदाहरणका रुपमा अघि सार्छन्। जुन कलेजको बिराम हो। यो अधिक मदिरा सेवनबाट पनि हुन सक्छ र वंशाणुगत कारणले पनि हुन सक्छ।
उनका अनुसार यसका अलग स्वरुप र कारण हुन्छन्। उपचार पनि फरक-फरक हुन्छ। तर यी सवै समस्याको लक्षण उस्तै हुन्छ। यस परियोजनाबाट संकलित जानकारीका आधारमा हामी यस्ता रोगमा हुने फरक र उपचार तरिका पत्ता लगाउन सक्नछौं। अर्थात् एटलसको सहयोगमा बिरामको जाँच सहज हुनेछ र त्यसबाट उपचार गर्न पनि मद्दत मिल्छ। अर्को लाभ यो पनि छ कि चिकित्सकलाई कुनै खास परीक्षण गर्नुपर्ने छैन, सामान्य जाँचबाटै रोगको पहिचान हुनेछ।
जाँचका क्रममा जुन सेल असामान्य देखिनेछ, त्यसको तुलनामा एटलसमा रहेको डाटाबेससँग उनीहरुले गर्नेछन्।
यो प्रोजेकटमा सय भन्दा बढी देशका वैज्ञानिक र शोधकर्ता सामेल छन्। यही कारणले समन्वयमा केही सकस देखिएको छ। जब यो पूरा हुनेछ, चिकित्सा जगतका लागि क्रान्तिकारी काम साबित हुनेछ।
गरिक वा धनी दुवै प्रकारका देशका लागि रोग पत्ता लगाउने जानकारीको महत्वपूर्ण सम्पत्ति हुनेछ। यस दृष्टिबाट हेर्दा ह्युमन सेल एटलसले चिकित्सा जगतको मात्रै नभइ पूरै दुनियाँमा बदलाव ल्याउनेछ।
बीबीसी हिन्दीबाट अनुवाद