दुष्प्रभाव नभएको कुनै औषधि हुँदैन!
मानवीय गल्ती हुन नसक्ने कुनै स्वास्थ्यकर्मी हुँदैन!
मृत्यु नहुने कुनै अस्पताल हुँदैन!
कहिल्यै मृत्यु नहुने स्वास्थ्यकर्मी अनि बिरामी कतै हुँदैन!
मरोस् भन्ने नियत भएको अपराधी, स्वास्थ्यकर्मी हुँदैन !
दुर्भाग्य! मृत्युको कुनै उपचार हुँदैन !
खै किन किन! कानुन भए नि बेलैमा कानुनी उपचार हुँदैन !
अचानक, अप्रत्याशित मृत्यु हुँदा भावावेशमा नआउने आफन्त हुँदैन!
दुर्व्यवहार मन पराउने कोही हुँदैन!
यस्तो व्यवहारले समस्याको समाधान हुँदैन!
मृत्युसँग लड्न साहस चाहिन्छ!
मृत्युबाट जोगाउन आँटिलो स्वास्थ्यकर्मीको आँट चाहिन्छ!
त्रसित स्वास्थ्यकर्मीबाट साहसिलो प्रयासको आश हुँदैन!
दुर्भाग्य! मृत्युको कुनै उपचार हुँदैन!
खै किन किन! कानुन भए नि, बेलैमा कानुनी उपचार हुँदैन!
कानुनी खबरदारी गर्न कहिल्यै चुक्नु हुँदैन!
लाससँग खेल्न पल्केका राक्षसहरुको चंगुलमा कहिल्यै फस्न हुँदैन!
प्राडा नारायणसिंह गुरुङ
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ