सरकारले गरेको उद्दार कार्य प्रशंसनीय छ। उद्दार कार्य जस्तै गास, बासको व्यवस्था तथा घाइते अंपागहरुको पूर्ण उपचार गरोस् भन्ने चाहन्छु। सबैंको सुस्वास्थ्यको लागि सरकारको भूमिका महत्वपूर्ण रहोस् भन्ने मेरो माग छ। मेरो घरपरिवारको कुरा गर्नुपर्दाे मेरो कान्छी भाइ बुहारीले भूकम्पमा परी ज्यान गुमाइसकेकि छन्।
उनको मृत्युका कारण घरमा रुवाबासी चलेपछि ४ वर्षको छोरो उपचार गर्न यहाँसम्म आइपुगेको हुँ। उसको दीदीको समेत मृत्यु भइसकेको छ। उपचारपश्चात् बाबुको स्वास्थ्य अवस्थामा भने सुधार आइरहेको छ। उपचारका क्रममा भने खासै समस्या झेल्नुपरेको छैन। स्वास्थ्यकर्मीहरुले निगरानीका साथ उपचार गरिरहनु भएको छ।
भूकम्पले दिएको पीडालाई वर्णन गर्नसक्ने अवस्थामा हामी छैनौं। हामीलाई असह्य पीडा भएको छ। सबै पीडाहरुलाई मनभित्रै राखेर बाँच्नुपर्ने अवस्था हामीलाई छ । आँखा तथा ढाडको पछाडि तर्फको भागमा चोट मलाई पनि लागेको छ। सरकारले उपचारमा सहयोग गरोस्।
आठविसकोट नगरपालिका रुकुम पश्चिमका कुलबहादुर मल्लसँग स्वास्थ्यखबरले गरेको कुराकानीमा आधारित