काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले नि: शुल्क गर्ने बताएका छन्।
शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए।
मन्त्री बस्नेतले भने, ‘त्यहीँ उपचार गर्नु पर्ने घाइतेहरुको उपचार त्यहीँ गर्छौं। त्यहाँ उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौं। उपचारमा कुनै कमी हुने छैन।’