काठमाडौं- अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले केही राज्यमा वितरण गरिएका अण्डामा सल्मोनेला संक्रमणको जोखिम रहेको भन्दै चेतावनी जारी गरेको छ।
एफडीएका अनुसार यी अण्डा खाँदा 'गम्भीर स्वास्थ्य जोखिम वा मृत्युसम्मको सम्भावना' हुन सक्ने बताइएको छ।
कोस्टकोमा राखिएका उक्त अण्डामा जोखिम रहेको उल्लेख छ ।
नोभेम्बर २७ मा पहिलोपटक फिर्ता गरिएका यी अण्डाहरूलाई एफडीएले जनवरी १२ मा "क्लास १" स्तरको चेतावनीमा राखेको छ। जुन सबैभन्दा गम्भीर स्तरको सावधानी हो।
जोखिममा को को छन् ?
१) ५ वर्षभन्दा कम उमेरका बालबालिका
२) ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक
३)कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू
यी व्यक्तिहरूलाई गम्भीर रोगको जोखिम हुने भएकाले तुरुन्तै स्वास्थ्य परामर्श लिनु आवश्यक छ।