काठमाडौं- धनगढी उपमहानगरपालिकाले नवजीवन अस्पताललाई सुत्केरी महिलाहरुबाट प्रयोगशाला जाँच, शल्यक्रियामा प्रयोग हुने औषधी तथा सामाग्रीहरु आदि बापत शुल्क नलिन नर्देशन दिएको छ।
एक पत्र लेख्दै उपमहानगरपालिकाले शुल्क लिएमा कारबाही गर्ने चेतावनी दिएको छ।
'नवजिवन अस्पताल प्राली धनगढी ४ कैलालीमा सेवा लिन आएका सुत्केरी महिलाहरुबाट प्रयोगशाला जाँच, शल्यक्रियामा प्रयोग हुने औषध तथा सामाग्रीहरु आदि बापत शुल्क लिने गरेको गुनासो प्राप्त भएको छ' पत्रमा भनिएको छ, 'अब उप्रान्त लक्षित सेवा लिन आउने सेवाग्राहीबाट तोकिएको सेवा प्रदान गरे बापत शुल्क लिने गरेको पाइएमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ को दफा १५ (२) बमोजिम कारबाही गरिने छ।'