काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको नयाँ क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार हुँदै छ।
क्षेत्रीय निर्देशकका लागि नेपालका शम्भुप्रसाद आचार्य र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद उम्मेदवार छन्। भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्।यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन्।