काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकेको हो।
१७ र १८ कात्तिकमा मन्त्रालयको डकुमेन्टेसन हलमा कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता हुने जनाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवको लागि ८ जनाले उम्मेदवारी दिएका छन्।
अरबिन्द कुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुंगाना, नलराम देवकोटा, टेक बहादुर मल्ल, अनोज भट्टराई,विनोद बडाल र प्रमोदभक्त आचार्यले सदस्य सचिवको लागि उम्मेदवारी दिएका छन्।