काठमाडौं– सोलुखुम्बुको लुक्लाबाट नाम्चे जाँदै गर्दा बिरामी परेका एक जना स्विट्जरल्याण्डका नागरिकको उद्धार गरिएको छ।
शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका ०२ लुक्लाबाट वडा नम्बर ५ नाम्चेतर्फ जाँदै गरेका हेराल्ड फ्रज इगोन नाम गरेका ६५ वर्षीय उनी बिरामी परेपछि उद्धार गरिएको हो।
अकस्मात उनको मलद्वारबाट रगत बगी बिरामी परेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको टोली र रणशुर गुल्म नाम्चेबाट खटिएको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो।
स्टेचरमा १० किलोमिटर बोकेर उद्धार गरिएका उनको खुम्बु पासाङल्हामु गाउँपालिका ३ नाम्चेमा रहेको हिमालयन शेर्पा अस्पताल टोकटोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।