काठमाडौं- विदेशी डाक्टर प्रयोग गरि सञ्चालन गरिएको एक निःशुल्क स्वास्थ्य शिविर बन्द गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले अनुमति विना नै संचालित बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा हिजोदेखि सुरु भएको तीनदिने निःशुल्क स्वास्थ्य शिविर बन्द गराएको हो।
काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको बताए।
उनीहरुले ल्याउने कागजातको आधारमा थप कारबाही बारे थप निर्णय हुने बताए।
शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भिड थियो। शिविर बन्द भएपछि भने उनीहरु फर्केका छन्।
यस्ता शिविरहरुले आम सर्वसाधारणहरुलाई धर्म परिवर्तनका लागि प्रोस्ताहन मिल्ने समेत देखिएको छ।