काठमाडौं- तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच एक सय शय्या क्षमताको मिर्गौला डायलाइसिस सेन्टर सञ्चालन गर्ने सहमति भएको छ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार उक्त सेन्टर तारेकेश्वरको वडा नं. १ साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रसँगै रहेको २७ रोपनी जग्गामा स्थापना हुने छ।
सेन्टर स्थापना र सञ्चालनका बियषयमा बुधबार नगरपालिका र केन्द्रबीच सहभमति भएको छ।
तत्कालका लागि उक्त जग्गामा प्रिफ्याभ हाउस निर्माण गरि सञ्चालन गर्ने विषयमा तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बिच सहमति भएको उनले बतााए।
डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार नगरपालिकाले तत्काल निर्माण गर्ने सहमति पत्रमा उल्लेख छ।
डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, मेशिन, औजार, उपकरण तथा औषधि र रासायनिक पदार्थहरु शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपलब्ध गराउने र हाल प्राथमिक स्वास्थ्य केन्द्र साङ्लामा रहेका ६ वटा डायलाइसिस मेसिन र औजार उपकरण तथा औषधि र भवन समेतको उपयोग गरी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तत्काल डायलाइसिस सेवा शुरुवात गर्ने सहमतिमा उल्लेख छ।
डायलाइसिस सेवा सञ्चालन गर्दा तारकेश्वर नगरपालिकाका बिरामीहरुलाई पहिलो प्राथमिकता दिने र १०० शय्याको डायलाइसिस सेवा सञ्चालन गर्दा आवश्यक पर्ने विद्युत तथा खानेपानीको महसुल शहिद धर्मभक्तले राष्ट्रिय प्रत्यारोपण केन्द्रले व्यहोर्ने सहमतिमा उल्लेख छ।
हेरौं सहमतिमा भएका १० बुँदे निर्णय