काठमाडौं- नेकपा (एमाले) ले युद्धग्रस्त अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना गरेको छ।
गाजाको अल अहरी अरब अस्पतालमा गएराति रकेट आक्रमण हुँदा पाँच सय जनाभन्दा बढीको हताहत भएको बताइएको छ।
अस्पतालमा इजरायलको आक्रमणबाट घाइते, तिनका कुरुवा, स्वास्थ्यकर्मीहरूको मृत्यु भएको बताइएको छ।
‘गाजाको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका विरामी उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्र्दै भनेका छन्, ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ। हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं।'