काठमाडौं- मंगलबार दिउसो छातीमा असहज महसुस भएपछि उपचार र आवश्यक स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री दाहालको स्वास्थ्य सामान्य रहेको छ।
नर्भिकमा भएको आवश्यक जाँच र परीक्षणमा रिपोर्ट नर्मल आएको डा शिवजी सिलवालले जानकारी दिए। 'मुटुको नसामा बल्केज छ कि भन्ने आशंका थियो। रिपोर्ट नर्मल आएको छ। नो ब्लकेज,' उनले स्वास्थ्यखबरसँग भने।
उनका अनुसार प्रधानमन्त्री दाहालको अवस्था सामान्य छ।