काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन्। मंगलबार साँझ प्रधानमन्त्री दाहालको स्वास्थ्यमा असहजता देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डा शिवजी सिलवालका अनुसार प्रधानमन्त्री दाहालको छातीमा असहज महसुस भएपछि आवश्यक जाँच अगाडि बढाइएको छ। 'रगतको रिपोर्ट कुरेका छौं,' उनले भने, 'रिपोर्ट आएपछि थप उपचार प्रक्रिया अगाडि बढाउने छ।'