काठमाडौं- औषधि व्यवासायी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदे सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्।
पाण्डे नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष हुन्।
महावाणिज्य दूतको प्रमाणपत्र प्रदान गरेपछि परराष्ट्रमन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको बताए।
वनियुक्त वाणिज्यदूत पाण्डेले आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए।