धनगढी- स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा धनगढीमा सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९÷८० मा सम्पादित स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको थियो।
समृद्ध सुदूरपश्चिमका लागि स्वस्थ्य नागरिक भन्ने नाराका साथ सुरु भएको कार्यत्रक्रममा प्रदेशका ९ जिल्लाका विभिन्न अस्पतालहरुमध्ये अछाम जिल्ला अस्पताल प्रदेशमै पहिलो भएको छ। स्वास्थ्यका सुचांकहरुका आधारमा जिल्ला अस्पताल पहिलो भएको हो।
स्वास्थ्यका न्युनतम ६० प्रतिशत सुचांक, वार्षिक प्रतिवेदन, बजेट खर्च र बेरुजुका आधारमा अछाम जिल्ला अस्पताल सुदूरपश्चिममै पहिलो स्थान ओगट्न सफल भएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले जनाएको छ।
सुचांकका आधारमा जिल्ला अस्पताल बैतडी दोश्रो तथा जिल्ला अस्पताल बझाङले तेश्रो स्थान हासिल गरेका छन्।
यस्तै स्वास्थ्य कार्यालय अन्र्तगत स्वास्थ्य कार्यालय कैलाली प्रदेशमै पहिलो भएको छ भने स्वास्थ्य कार्यालय अछाम दोश्रो स्थानमा रहेको छ। ९ जिल्लाका स्वास्थ्य कार्यालयहरुले सम्पादन गरेका वार्षिक कार्यक्रम, स्वास्थ्य सुचक,वार्षिक प्रतिवेदन तथा बजेट खर्च र बेरुजुको अवस्थाका आधारमा मुल्यांकन गरिएको थियो।
सबै क्षेत्रका क्षेत्र स्वास्थ्यकर्मी, महिला स्वयंसेबिका र जनप्रतिनिधीहरुको सहयोगमा जिल्ला अस्पताल प्रदेशमै पहिलो र स्वास्थ्य कार्यालय दोश्रो स्थान आउन सफल भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए।
अब स्वास्थ्य कार्यालयलाई पहिलो बनाउन सबै सुचंक र अन्य स्वास्थ्यका सबै कार्यक्रमहरुमा जोड दिएर काम गर्नुपर्नेमा ढुंगानाको जोड छ। समयमै बजेट बिनियोजित नहुदाँकामगर्न केही कठिनाई भएको र मुंल्यांकन विधिसमेत फेरबदल गर्नुपर्ने उनले बताए।
प्रदेशस्तरिय वार्षिक समिक्षामा प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्यका समस्या, चुनौतीहरुको पहिचान गरी आगामी वर्षमा कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा गहन छलफल समेत भएको छ।
विज्ञहरुको टोली राखेर उनीहरुको सुझाबको आधारमा आगामी वर्षहरुमा समाधानका उपाय खोजिने स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डा जगदिश जोशीले बताए। स्वास्थ्य क्षेत्रको सुधारका लागि तीनवटै तहका सरकारको सहयोगको खाँचो रहेको समेत उनले बताए।
समिक्षा गोष्ठीमा सहभागी प्रदेश प्रमुख देवराजजोशी, मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकासमन्त्री झपट बहादुर साँउदले स्वास्थ्य क्षेत्र सुधारका लागिपहलगर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमका स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग विभिन्न विषयमा छलफल समेत गरिएको थियो।